अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

नियमित समयमा मात्र राष्ट्रिय परिचयपत्र सेवा

news

 
वालिङ, ९ असोज । 
सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीसँगै सामान्य सेवाग्राहीको अत्याधिक चापका कारण जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बिहानैदेखि सुरु गर्दै आएको राष्ट्रिय परिचयपत्र सेवा रोकिएको छ ।
गत साउन २८ गतेदेखि बिहान ८ बजेबाट सेवाग्राहीलाई सहज बनाउन प्रयोगमा ल्याइएको व्यवस्था मंगलबारदेखि स्थगित गरि नियमित समय १० देखि नै शुरु गरिएको होे । अबदेखि सेवाग्राहीहरूले नियमित कार्यालय समयमै सेवा लिनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।
उनका अनुसार हाल जनशक्ति व्यवस्थापनसँगै सेवाग्राहीको चाप घट्दै गएको हुँदा बिहान ८ बजे नै सेवा सुरु गर्ने आवश्यक छैन । सोही कारण बिहानको सेवा रोक्दै, नियमित समयमा मात्र सेवा दिने निर्णय गरिएको हो । यससँगै सबै स्थानीय तहलाई पनि आम जनतालाई यथार्थ जानकारी गराउन र समन्वय गर्न अनुरोध गरिएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...