अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

जेनजि आन्दोलनमा फरार भएका कैदी धमाधम स्याङ्जामा पक्राउ पर्दै

news

 
रेडियो आँधीखोला
वालिङ, ९ असोज । 
भदौ २४ गते जेनजि आन्दोलनका बेला फरार रहेका कैदी धमाधम स्याङ्जामा पक्राउ पर्न थालेका छन् । केन्द्रिय कारागार र कास्की कारागारबाट फरार कैदी स्याङ्जाबाट पक्राउ परेका हुन् । विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अस्थायी प्रहरी चौकी पौवेगौडे टक्सारबाट खटिएको विषेश अप्रेसन टोलीले बुधबार थप दुई फरार कैदी पक्राउ गरेको हो । 
केन्द्रिय कारागार जगन्नाथदेवल काठमाडौबाट फरार कतव्य ज्यान मुद्धाका ६७ वर्षीय नुनुमाया कार्की पुतलीबजार नगरपालिका ५ पौवेगौडेबाट पक्राउ पर्नुभएको हो । पौवेगौडे गौरीखोला घर भएको नुनुमाया कारागारबाट फरार भई आफ्नै घर आउनुभएको थियो । 
यस्तै जवरजस्ती करणी मुद्धाका कास्की कारागारबाट फरार रहनुभएका २६ वर्षीय अभिषेक नेपाली समेत पक्राउ पर्नुभएको छ । पतुलीबजार नगरपालिका ९ कोल्मा घर भएका अभिषेक पुतलीबजार १ कालाखोलाबाट पक्राउ पर्नुभएको हो । उहाँहरु द्यवुवैलाई आवश्यक कानुनी कारबाहीको लागी जिल्ला कारागार पठाएको प्रहरी नायव उपरिक्षक प्रसन्नराज चौधरीले बताउनुभयो । 
प्रहरीले मंगलबार र बुधबार गरी दुई दिनको अवधिमा जेनजि आन्दोलनका बेला फरार रहेका ४ कैदीलाई पक्राउ गरी कारागार पठाएको छ । ४ मध्ये २ केन्द्रिय कारागार काठमाडौ र २ जना कास्की कारागार पोखराबाट फरार भएका थिए ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...