अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

साना किसान कृषि सहकारीको सातौं वार्षिक साधारणसभा एवम् व्यवस्थापन हस्तान्तरण

 
वालिङ, ९ असोज । 
वालिङ,८ असोज–भीरकोट साना किसान कृषि सहकारी संस्थाले सातौं वार्षिक साधारणसभा एवम् व्यवस्थापन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । भीरकोट नगरपालिका ६ बगरेबजारमा रहेको सहकारीको सातौं वार्षिक साधारणसभासँगै तुलसी भञ्ज्याङ साना किसान कृषि सहकारीको अनुशरणमा रहेको यो संस्थालाई व्यवस्थापन हस्तान्तरण गरिएको हो ।
कार्यक्रमको समुद्घाटन गर्दै विश्व किसान संगठनका सदस्य एवम् साना किसान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम पाठकले साना किसान कृषि सहकारीले व्याजमा १ प्रतिशत अनुदानको व्यवस्था गर्ने प्रयासमा रहेको बताउनुभयो । शेयर सदस्यहरुलाई बचत तथा ऋणको कारोबारसँगै सहुलियत दरमा कर्जा उपलव्ध गराउँदै आएकाले देशभर लोकप्रिय भएको उहाँको भनाई छ । पाठकले फेदिखोलाबाट सुरु भएको साना किसान कृषि सहकारी संस्था लि. जिल्लामा ३२ वटा स्थापित भैसकेको उल्लेख गर्नुभयो । योसँगै समग्र स्याङ्जा जिल्ला साना किसान कृषि सहकारीमय बनेको उहाँको भनाई थियो ।
यसैगरी आवश्यक मापदण्ड पूरा गरेकाले आफ्नो संस्थाको अनुशरणमा रहेको सहकारीलाई व्यवस्थापन हस्तान्तरण गरिएको तुलसी भञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष भुपराज अधिकारीले जानकारी गराउनुभयो । आज जतिपनि साना किसान सहकारीहरु सञ्चालनमा छन् तिनीहरुले आर्थिक पारदर्शितासहित संस्थाको नीतिको पूर्ण पालना गरेर अगाडि बढेकाले लोकप्रिय रहेको उहाँले औंल्याउनुभयो ।
करिव २५ लाख शेयर पूजी रहेको साना किसान सहकारीले सवा करोडको हाराहारीमा कारोबार गरेको संस्थाले जनाएको छ । संस्थाले कृषि ज्ञान केन्द्र, सुपरजोन तथा जिल्ला वन कार्यालयलगायतका सरोकारवाला कार्यालयहरुसँगको समन्वयमा कृषि उपकरण, बीउ तथा बिरुवा वितरण गर्दै आएको छ । जस अन्तर्गत ५० देखि ८० प्रतिशतसम्म अनुदानमा २ सय भन्दा धेरै कृषि औजार वितरण गरिसकेको छ । यसैगरी धान, मकै, कोदो, गहुँ तथा फलफूल एवम् घाँसका बिरुवा वितरण गरिएको सहकारीले जनाएको छ । झण्डै १ हजार शेयर सदस्य भएको साना किसान कृषि सहकारीमा ९५ प्रतिशत महिलाहरुको सहभागिता रहेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...