अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ

news

 
रेडियो आँधीखोला
वालिङ, १० असोज ।
जेनजी आन्दोलनको क्रममा यहि भदौ २४ गते कास्की कारागार कार्यालयपोखराबाट फरार कैदी पक्राउ परेका छन् । भिरकोट नगरपालिका वडा नम्बर –०५ का २८ वर्षीय वर्षीय बिमल जि.टी.लाई  विशेष सूचनाको आधारमा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । जिटीलाई घरबाटै पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला कारागार, स्याङ्जामा पठाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिटि जबरजस्ती करणी मुद्दाका कैदी हुन् । यसअघि ४ जना गरी विहिबार १ गरी अहिलेसम्म जेनजि आन्दोलनका बेला भागेका ५ कैदी स्याङ्जाबाट पक्राउ परेका छन् । जसमा ३ जना कास्की कारागार र दुई जना केन्द्रिय कारागार काठमाडौबाट फरार कैदी पक्राउ परेका हुन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...