अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भकुण्डे साहित्य उत्सव– २०८२ सम्पन्न

news

 
रेडियो आँधीखोला,
वालिङ १० अशोज ।
श्रीमद्देवी भागवतमहापुराणम ज्ञान यज्ञ– २०८२ को अवसरमा साहित्य उत्सव– २०८२ को आयोजना गरिएको छ  ।श्री नवदुर्गा पूजा व्यवस्थापन समितिले वालिङ– १०, भकुण्डे श्री शिवपार्वती मन्दिरको आयोजनामा असोज ६ गतेदेखि संचालित ज्ञान यज्ञमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको संयोजनमा बिहीबार साहित्य उत्सव गरिएको हो ।
स्याङ्जाको साहित्यिक इतिहासमै यसरी पहिलोपटक धार्मिक अनुष्ठानको सन्दर्भमा आयोजना गरिएको ऐतिहासिक साहित्य उत्सवमा मुक्तककारहरु विष्णु पङ्गेनी पाण्डे, पारिश्वर न्यौपाने, डोलराज डुम्रे विकल्प, हरि पङ्गेनी र शोभाकान्त रेग्मीले मुक्तक रचना वाचन गर्नुभएको थियो । गजलकारहरु अजित काफ्ले, गुरुप्रसाद ढकाल, खगेन्द्रजंग थापा र नारायण न्यौपानेले गजल वाचन गर्नुभएको थियो  ।
कविहरु अनन्त अर्याल, वसन्त खनाल, चण्डिकाप्रसाद भट्टराई, बोधराज न्यौपाने, ध्रुवप्रसाद शर्मा पङ्गेनी, दिलीप तिवारी, ढालबहादुर के.सी., इन्द्रप्रसाद पाठक, कमला अधिकारी सिग्देल, खगेन्द्र अर्याल, नारायणप्रसाद रेग्मी, प्रेमबन्धु सुवेदी, राजु गैह्रे, शम्भु अर्याल, सुरेश पङ्गेनी, पूजा रेग्मी, बुढा सम्धी, लक्ष्मीप्रसाद रेग्मी, पवन अधिकारी र निखिलनारायण रेग्मीले कविता वाचन गर्नुभयो ।
भकुण्डे साहित्य उत्सव– २०८२ का संयोजक मिलन समीरद्वारा सहजीकरण गरिएको कार्यक्रम नवदुर्गा पूजा व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद खनालको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष विष्णु सुवेदी गैहे गर्नुभएको थियो  । भकुण्डे शिवपार्वती मन्दिरको स्थापना वि.सं. २०४८ सालमा भएको हो । शिवपार्वती मन्दिर भकुण्डेस्थित सिद्दार्थ राजमार्गको छेउमा रहेको छ ।
पण्डित प्रकाश तिवारीद्वारा कथा वाचन भइरहेको छ । ज्ञान यज्ञ १५ गते बुधबार अर्थात नवमीसम्म सञ्चालन हुनेछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...