समाचार
नियन्त्रित लागू औषध सहित २ जना मानिस नियन्त्रणमा
वालिङ, ११ असोज ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागू औषध सहित २ जना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष प्रहरी टोलीले पुतलीबजार नगरपालिका वडा नम्बर –०१ शहिचोक स्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै ट्याक्सीमा सवारी दुई युवक पक्राउ परेका हुन् ।
ग.१ ज. ४६८५ नम्बरको ट्याक्सी चालक जिल्ला तनहुँ, व्यास नगरपालिका वडा नम्बर –०५ बस्ने ३२ वर्षीय अशोक बाँचे मगर र सोही ट्याक्सीमा सवार जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नम्बर–२३ पामे बस्ने २७ वर्षीय नबिन परियारले पक्राउ परेका हुन् ।
उक्त ट्याक्सीको चालक सिटमुनी लुकाई–छिपाई ल्याएको निम्न परिमाणमा नियन्त्रित लागू औषध फेला पारेको हुँदा ट्याक्सी सहित उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाईएको छ । फेनेरागन, डाईजेपाम र बुप्रेनोर्फिन गरी ९०÷९० एम्पुल गरी २७० एम्पुल आगुऔषध बरामद गरिएको छ ।