अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जा प्रशासनद्धारा अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता

news

 
वालिङ, १२ असोज । 
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । पुतलीबजार नगरपालिका –१३ सातुपसलका १८ वर्षीय शुभम अर्याललाई प्रशासनले घरमै पुगेर नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
पाँच वर्षको उमेरसम्म बेहोस् भइरहने रोगबाट ग्रसित अर्याल मानसिक रोगीको उपचारले हिँडडुल गर्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । अर्यालको नागरिकता प्रमाणपत्र नहुँदा उपचार प्रक्रियालगायत आवश्यक सेवा सुविधा लिन कठिनाइ भएको थियो । प्रशासन आएर सेवा लिन नसक्ने अवस्था देखेर जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मासहितको टोलि घरमै पुगेर नागरिकता प्रदान गरेको हो । 
हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका अर्याललाई घरमै पुगेर जिल्ला प्रशासन कार्यालयले प्रत्यक्ष सेवा दिएको हो । नागरिकको दुःखमा साथ दिने प्रशासनको दायित्व भएकाले नागरिकताबाट पाउने सेवाबाट बन्चित नहोस् । हेतुले घरमै प्रदान गरेको शर्माले बताउनुभयो ।  यस कदमलाई स्थानीयले प्रशासनको संवेदनशील र जनमुखी कदमको रूपमा लिइएको छ । प्रशासनले अशक्त, बिरामी र विपन्न नागरिकका लागि यस्तै मानवीय सेवा निरन्तर दिंदैआएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...