अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

बडादशैंको पञ्चमी तिथिका अवसरमा स्याङ्जाका विभिन्न शक्तिपिठहरुमा भक्तजनहरुको भीड

news

 
रेडियो आँधीखोला
वालिङ, १२ असोज । 
बडादशैंको आज पञ्चमी तिथिका अवसरमा स्याङ्जाका विभिन्न शक्तिपिठहरुमा भक्तजनहरुको भीड लागेको छ ।  जिल्लाका देवि भगवती मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको हो । यसैबीच स्याङ्जाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल गह्रौँशुर मन्दिरमा शनिबार भक्तजनहरुको विहानैदेखि भिड लागेको थियो । शनिबार ७ पन्चवली, ३१ पाठाको बलि दिईएको छ । मन्दिरमा आफ्नो भाकल पुरा भएपछि देविलाई भाकल दिन र मनोकांक्षा पुरा होस भनी मन्दिर दर्शनका भक्तजनहरु आउने गर्दछन् । 
घटस्थापनाबाटै वालिङ–८ र गल्याङ १० को सङ्गमस्थलमा नबदु्र्गा भवानीका पूजाआराधनाका लागि भक्तजनहरु मन्दिर जान थालेका छन् । पछिल्लो समय मन्दिर परिसरमा निर्माण भएका भौतिक संरचनाले पर्यटक थप आर्कषित हुन थालेका छन् । धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको यस मन्दिरमा भौतिक पूर्वाधार, सुविधा सम्पन्न अतिथि गृह, सडकको स्तरोन्नति, खानेपानी, चमेना गृह, आवास गृह लगायतको राम्रो व्यवस्था छ । मन्दिर परिसरमा बालबालिकाहरुलाई खेल्नका लागी बालउद्यान समेत निर्माण गरिएकाले बालबालिका समेत मन्दिर परिसरमा रमाउने गरेका छन् । 
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको यस मन्दिरमा बडा दशै तथा चैते दशैंमा भव्य पूजा अर्चना हुने गर्दछ । तत्कालीन चौबीसे राज्यअन्तर्गतको गह्रौंकोट राज्यका प्रथम राजा दशरथ खाँणले १५५२ सालमा गह्रौं कालिकाको स्थापना गरेको मानिन्छ । ऐतिहासिक एवं पुरातात्त्विक महत्वको यस मन्दिर ५५० वर्ष पुरानो हो। गह्रौंकालिका जागृत देवी भएकाले पनि यहाँ भाकल गर्दा दर्शनार्थी तथा भक्तजनको मनोकांक्षा पूरा हुने जनविश्वास छ। समुद्र सतहदेखि झण्डै १ हजार ६ सय मिटरको उचाइमा छन्।
धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्व बोकेको गह्रौंसुरबाट उत्तरतर्फको मनमोहक हिमशृङ्खलाले जो कोहीलाई पनि आनन्दित पार्ने यहाँको विशेषता छ। स्याङ्जासँगै पाल्पा, तनहुँ, कास्की, नवलपरासी, पर्वत लगायतका जिल्ला अवलोकन गर्न सकिन्छ।  वालिङ बजारबाट ८ किलोमिटरको पक्की र केही कच्ची ग्रामीण सडक हुँदै मन्दिरमा पुग्न सकिन्छ। 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...