समाचार
फरार कैदीबन्दी तथा लुटिएका हातहतियार देखेमा प्रहरीलाई खबर गर्नु, जिल्ला प्रशासन कार्यालय स्याङ्जा
वालिङ, १३ असोज ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले चाडवाडका बेला विषेश सचेत रहन नागरिकलाई आग्रह गरेको छ । यही भदौ २३ र २४ गतेको जेनजि आन्दोलनका क्रममा सुरक्षा निकायबाट हातहतियार र अन्य बन्दोवस्ती सामाग्रीहरु लुटिएको र कारागारमा रहेका कैदीबन्दी र थुनुवाहरु फरार रहेको अवस्थामा समाजमा असुरक्षित वातावरण सृजना हुन सक्ने भएकाले सचेत हुन आग्रह गरेको हो ।
विभिन्न कारागारबाट भागेका कैदीबन्दी तथा थुनुवाहरु विभिन्न स्थानमा बसेर अपराधिक गतिविधि गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै लुटिएका हातहतियार र बन्दोवस्तीका सामाग्रीहरु लुकाईछिपाई राखेको वा सो प्रकृतिका कैदीबन्दी वा थुनुवा देखेमा र थाहा पाएमा तत्काल नेपाल प्रहरीको फोन नम्बर १०० मा सम्पर्क गरी जानकारी दिन प्रशासनले आग्रह गरेको हो ।
यदि नजिकै सुरक्षा निकाय भएमा प्रहरी कार्यालय वा सरोकारवाला निकायमा खबर गर्न जिल्ला प्रशासनले एक सूचना जारी गर्दै आग्रह गरेको हो ।