अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने

news

असोज १४, काठमाण्डौ – गएको एक घण्टामा सूदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम बर्षा भएको छ । सुदुरपश्चिमको हनुमाननगरनगरपालिकामा ४४ मिलिमिटर पानी परेको छ । 

आज सबै प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी  भू–भागमा मेघगर्जन र चट्याङ सहितमध्यम वर्षाको सम्भावना  छ। यसैगरी बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन÷चट्याङ सहितमध्यम वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव  छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...