अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

भोलि र पर्सि सार्वजनिक विदा

news

असोज १८, काठमाण्डौ – सरकारले भोलि र पर्सि सार्वजनिक विदा दिने निर्णय गरेको छ । देशभर लगातार ठूलो वर्षा भइरहेकाले सम्भावित जोखिमलाई ध्यान दिँदै विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

वर्षाका कारण हुनसक्ने बाढी, डुबान, भू–क्षय लगायतका जोखिम एवम् सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने र मानवीय क्षतिसमेत हुन सक्ने भन्दै सार्वजनिक विदा दिएको मन्त्रालयले आज निकालेको सूचनामा उल्लेख छ । विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरु भने खुल्ला नै रहनेछ । 

साथै, देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेकाले विशेष सतर्कता अपनाउन पनि सरकारले अनुरोध गरेको छ । विदाको समयमा अत्यावश्यक काम नपरी यात्रामा ननिस्कन र सुरक्षित ठाउँमा बस्न आम नागरिकलाई सरकारले आग्रह गरेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...