अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

स्याङ्जामा अत्यावश्यक बाहेकका गाडी चलाउन रोक

news

 
रेडियो आँधीखोला
वालिङ, १९ असोज । 
स्याङ्जामा अत्यावश्यक बाहेकका सवारी नचलाउन आग्रह गरिएको छ । सरोकारवालाहरुको उपस्थितीमा जिल्ला सुरक्षा समिति स्याङ्जाको हिजो शनिबार बसेको बैठकले असोज १८ गतेदेखि २० गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन नगर्न नगराउन आग्रह गरेको हो  । वर्षासँगैको बाढीपहिरोबाट जोखिम बढेको भन्दै तीन दिन सवारी साधन सञ्चालन नगर्न नगराउन सरोकारावालालाई सूचित गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले बताउनुभयो । 
विपदजन्य जोखिमबाट सर्वसाधरणको जिउज्यानको सुरक्षार्थ जिल्लामा सञ्चालित सबै यातायात व्यवसायी साथै सिद्धार्थ राजमार्गको स्याङ्जा जिल्ला खण्डलगायत अन्य सहायक मार्गहरु हुँदै सञ्चालन हुने सार्वजनिक यातायात तथा कसैले पनि अत्यवश्यक बाहेक लामो दुरीका सवारी साधन सञ्चालन नर्गन नगराउन प्रशासनले आग्रह गरेको हो । साथै जोखिमयुक्त देखिएको स्थानहरुमा बसोबास गरेका बासिन्दाहरुलाई उक्त स्थान छाडि सुरक्षित स्थानमा बस्न, अत्याश्यक बाहेक यात्रा नगर्न, अत्यावश्यक सवारी साधन सञ्चालन गर्नै परेमा नजिकको सुरक्षा निकायसंग आवश्यक समन्वय गरी सुरक्षा निकायको निर्देशन पालना गरी गराउन प्रशासनले भनेको छ । 
जल तथा मौसम विज्ञान विभागले १८ गते आजदेखि २० गतेसम्म गण्डकी प्रदेशलगायत देशभरका स्थानहरुमा हलुकादेखि मध्यम वर्षा हुने र केहि स्थानमा भारी वर्षादेखि अति भारी वर्षा हुन सक्ने जनाएको छ । यो समयमा वर्षाका कारण आउन सक्ने बाढी, पहिरो डुवान एवं यसबाट उत्पन्न हुनसक्ने संभावित जोखिम न्युनीकरण गर्न यो अवधिमा सचेत रहन आग्रह गर्दै यातायातको साधन सञ्चालन नगर्न आग्रह गरेको हो । 
साथै असोज १८ गतेदेखि २० गतेसम्म लामो तथा छोटो दुरीका सवारी साधन नचलाउन यातायात व्यवसायीहरुलाई अनुरोध गर्ने र उद्धार सामाग्रीसहित तयारी अवस्थामा रहन स्थानीय तहहरुलाई अनुरोध गरिएको प्रजिअ अर्यालले बताउनुभयो । यसैबीच सरकारले आईतबार र सोमबार सार्वजानिक विदा समेत दिएको छ । भारीदेखि अति भारी वर्षाको हुने भएपछि वर्षाका कारण हुनसक्ने संभावित जोखिम कम गर्न सरकारले दुईदिन विदा दिएको जनाएको छ। 
 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...