अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

कालीगण्डकी महामेला दामोदर धर्माेत्सव–२०८२ को तयारी तिव्र

news

 
रेडियो आँधीखोला
वालिङ, २० असोज । 
स्याङ्जाको गल्याङ १, मालुङ्गास्थित उत्तरवाहिनीमा भोली मंगलबारदेखी कालीगण्डकी महामेला दामोदर धर्माेत्सव–२०८२ शुरु हुँदैछ । कार्तिक १९ गतेसम्म हुने महोत्सव शुभारम्भको दिन नजिकिदै गर्दा तयारीको काम तीव्रताकासाथ भैरहेको छ । महामेलाको तयारीको अन्तिम चरणमा पुगेको महोत्सव मूल आयोजक समितिका संयोजक चैतन्य कृष्णले जानकारी दिनुभएको छ ।
 
आयोजक समिति संयोजक चैतन्यकृष्णले तयारीको काम तिव्र रुपमा अगाडि बढेको भन्दै शालग्राम भगवानको थप प्रसारप्रसार गर्दै उत्तरबाहिनीको महिमाको विषयमा सबैलाई जानकारी गराउने उद्देश्यले महामेलाको आयोजना गरिएको बताउनुभयो  । यहाँ प्राकृतिकरुपमा ऊँ लेखिएको चक्रशिलाको दर्शन, साढे तीन किलोमिटरको दूरीसम्म उत्तर तर्फ भएर बहेकी कालीगण्डकीमा स्नान, २० फिट अग्लो भगवान शिवको शालिकको दर्शनकासाथै कालीगण्डकीकै जलको १ सय ८ धारामा नुहाउनेलगायतका अवसरहरु पाइनेछन् । १८ पूराण, सहस्र चण्डीपाठ अनुष्ठानको सुन्दर अवसर एवम् सवालाख शालग्रामको दर्शन गर्न पाइने भएकाले पनि महामेलामा सहभागी हुनुले ठूलो अर्थ राख्ने उहाँको भनाई छ ।
 
हामी सबैको साझा कार्यक्रम र महामेला भएकाले देश विदेशबाटसमेत धेरैजनाको उपस्थिति रहनेमा आयोजकको विश्वास छ । चैतन्य कृष्णका अनुसार शास्त्रमा उत्तरतर्फ फर्केको नदिलाई सर्वतीर्थ भनिन्छ । कालीगण्डकी उत्तर भएर बगेकी हुनाले यिनलाई यहाँ उत्तरवाहिनी भनिएको हो । जहाँ ब्रह्ममयी गङ्गा नदी उत्तरवाहिनी मूर्ती भएर विद्यमान हुनुहुन्छ, त्यहाँ उहाँलाई दर्शन गर्दा, स्नान गर्दा र प्रणाम गर्दा समस्त पापहरुको नाश हुने भन्दै संस्कृतिको अध्ययन गर्ने सबैले पटक पटक दर्शन गर्नुपर्ने उहाँको भनाई छ ।
 
उत्तरवाहिनी क्षेत्रको धार्मिक विकासको दीघकालीन सोंचसहित आयोजना गरिएको महामेलामा उपस्थित भई नेपाल र भारतका विश्वविख्यात सन्त एवम् गुरुहरुद्वारा आशीवर्चनसहितको आध्यात्मिक लाभलिने अवसरलाई सम्पूर्ण महानुभावहरुलाई उहाँको आग्रह छ । यस्तो अवसर फेरि नपाइन पनि सक्छ, त्यसैले महामेलामा सहभागी भएर आफ्नो जीवनलाई रसमय, क्लेसरहित र दिव्य आनन्दमय बनाई अपूर्व लाभलिन उहाँको अनुरोध छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...