अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

मालुङ्गा उत्तरबाहिनीमा हुने दामोदर धर्माेत्सवको तयारी पुरा

news

 
रेडियो आँधीखोला
वालिङ, २१ असोज । 
स्याङ्जाको गल्याङ १, मालुङ्गास्थित उत्तरवाहिनीमा आज असोज २१ बाट कालीगण्डकी महामेला दामोदर धर्माेत्सव–२०८२ शुरु हुँदैछ । स्याङ्जाको गल्याङ, १ मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका १ असेर्दीको संगमस्थल उत्तरबाहिनीमा हुने दामोदर धर्मोसत्वको तयारी पुरा भएको आयोजकले जनाएको छ । आजबाट शुरु हुने महामेला एक महिना कार्तिक १९ गतेसम्म सञ्चालन हुनेछ । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा आयोजित धर्मोत्सवको तयारीका विषयमा हिजो सोमबार धर्मोत्सव स्थल उत्तरबाहिनीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको थियो । 
कार्यक्रममा उत्तरवाहिनी ज्ञान विज्ञान प्रतिष्ठानका संरक्षक शङ्कर पाण्डेले कार्यक्रम बारे जानकारी गराउनुभएको थियो । उहाँले उत्तरवाहिनी क्षेत्रको धार्मिक विकासको दीघकालीन सोंचसहित आयोजना गरिएको महामेला सनातन धर्म, संस्कार र संस्कृति सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गरिने जानकारी गराउनुभयो । १ हजार भक्तजनहरुका लागि आवास र साधनाहसहितको धर्मशाला, सनातन संस्कृति संरक्षणको लागि गुरुकुलम पाठशाला, शेव कार्यका लागि यज्ञशाला, गौमाताको संरक्षणक लागि गौशाला र भक्तहरुको भोजन प्रसादीका लागि पाठशाला निर्माण गर्ने उद्देश्यले महामेलाको आयोजना गरिएको संरक्षक पाण्डेले उल्लेख गर्नुभयो ।
यसैगरी पत्रकारहरुको जिज्ञासाको सम्वोधन गर्दै महामेला मूल आयोजक समिति संयोजक चैतन्य कृष्णले कार्यक्रम अवधिभरमा १ करोड भन्दा धेरै खर्च हुने अनुमान रहेको जानकारी गराउनुभयो । धर्मोत्सवबाट बचत दान रकमबाट उद्देश्य अनुरुपका पवित्र कार्यहरुमा लगानी गरिने उहाँले उल्लेख गर्नुभयो । यसैगरी महामेलाको समुद्घाटन हरिहर सन्यासश्रम देवघाटका पिठाधिश ज्ञानानन्द स्वामीज्यूबाट हुने संयोजक चैतन्यकृष्णले बताउनुभयो । धर्मोत्सवका लागि हरिद्वारलगायतका नेपाल र भारतका विभिन्न स्थानहरुबाट प्रशिद्ध सन्तगुरुहरु आउने क्रम सुरु भैसकेकोसमेत उहाँले जानकारी दिनुभयो ।
 
शालग्राम भगवान जन्मभुमि कालीगण्डकी तथा उत्तरबाहिनीको थप प्रचारप्रसार गर्दै उत्तरबाहिनीको महिमाको बारेमा सबैलाई जानकारी गराउने उद्देश्यले महामेलाको आयोजना गरिएको बताउनुभयो । धर्मोत्सवमा प्राकृतिकरुपमा ऊँ लेखिएको चक्रशिलाको दर्शन, साढे तीन किलोमिटरको दूरीसम्म उत्तर तर्फ भएर बहेकी कालीगण्डकीमा स्नान, २० फिट अग्लो भगवान शिवको शालिकको दर्शनकासाथै कालीगण्डकीकै जलको १ सय ८ धारामा नुहाउने लगायतका अवसरहरु पाइनेछन् । १८ पूराण, सहस्र चण्डीपाठ अनुष्ठानको सुन्दर अवसर एवम् सवालाख शालग्रामको दर्शन गर्न पाइने भएकाले पनि महामेलामा सहभागी हुनुले ठूलो अर्थ राख्ने उहाँको भनाई छ ।
 
शास्त्रमा उल्लेख  गरेअनुसार उत्तरतर्फ फर्केको नदिलाई सर्वतीर्थ भनिन्छ । कालीगण्डकी उत्तर भएर बगेकी हुनाले कालीगण्डकीलाई उत्तरवाहिनी भनिएको हो । यहाँ ब्रह्ममयी गङ्गा नदी उत्तरवाहिनी मूर्ती भएर विद्यमान हुनुहुन्छ, त्यहाँ उहाँलाई दर्शन गर्दा, स्नान गर्दा र प्रणाम गर्दा समस्त पापहरुको नाश हुने भन्दै संस्कृतिको अध्ययन गर्ने सबैले पटक पटक दर्शन गर्नुपर्ने उहाँको भनाई छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...