अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

पोखरा थिएटरले ‘मुनामदन’ स्याङ्जामा मञ्चन गर्ने

 
वालिङ, २२ असोज । 
पोखरा थिएटरको टिमले यहि असोज महिनामा स्याङ्जा बजारमा दुई दिन र वालिङ् बजारमा दुई दिन गरी आफ्नो नाटक ‘मुनामदन’ मञ्चन गर्ने भएको छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तनका अनुसार गत साल मञ्चन गरिएको ’एक चिहानझ नाटकलाई स्याङ्जाको अपार माया पाएपछि यसवर्ष ‘मुनामदन’ नाटक मञ्चन गरिने भएको हो ।
पोखरा थिएटरको प्रस्तुतिमा तयार गरिएको यो महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति ‘मुनामदन’ नाटक असोज २६ र २७ गते स्याङ्जा बजारको सिटी हलमा र असोज २९ र ३० गते वालिङको शुभम् पार्टी प्यालेस एण्ड प्रकाश क्याटरिङमा मञ्चन गरिने भएको छ ।
कार्यक्रम संयोजक रमेश तिमल्सिनाका अनुसार स्याङ्जा बजारमा दुई दिन बिहान ८ र ११ बजे तथा दिउँसो १ बजे गरी तीनवटा सो मञ्चन हुनेछन् । यस्तै, वालिङमा पनि समान तालिकामा मञ्चन हुने नाटक असोज २९ गते साँझ ५ बजे विशेष सो सहित प्रस्तुत गरिनेछ । वालिङतर्फको मञ्चनको स्थानीय संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ ले गर्नेछ । नाटक युनिटका कलाकारहरू दुवै स्थानमा हुने प्रस्तुतीका लागि उत्साहित छन् र अझ परिष्कृत रूप दिन अन्तिम तयारीमा जुटेका छन् ।
यसअघि पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुँदा ‘मुनामदन’ले दर्शकको अपार माया पाएको थियो । यो नाटकमा मुना र मदनको अमर प्रेमकथा मार्फत समाज, संस्कृतिको वास्तविकता र परदेशी दुःखलाई मार्मिक रूपमा चित्रण गरिएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...