अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वरिष्ठ साहित्यकार वनवासी अभिनन्दित

news

 
रेडियो आँधीखोला
वालिङ, २३ असोज । 
भेषजराज साहित्य प्रतिष्ठान, वालिङले नेपाली भाषा साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीलाई सहस्र चन्द्र दर्शन (८४ पूजा )को  दिन उहाँकै घरमा पुगी अभिनन्दन गरेको छ । 
वि. सं. १९९७ कार्तिक २७ गते स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. २ शङ्खरेडाँडामा जन्मनुभएका वनवासीको माछापुच्छ्रेको काख (२०२०) कवितासङ्ग्रहबाट औपचारिक साहित्यिक यात्रा प्रारम्भ गर्नुभएको थियो । वनवासीका आमाको सन्देश, शहीदको आत्मकथा, विस्कुन जस्ता कवितासङ्ग्रहहरू, कथा कथौरी, केही रमाइला कथा, छुनुमुनुलगायतका कथासङ्ग्रहहरू, असल मान्छे,अब्बल मान्छे  जस्ता उत्कृष्ट बालजीवनीहरू, मुलुकभित्रै भौँतारिँदा, आकृति र अनुभुतिहरूजस्ता लेख–निबन्ध सङ्ग्रहअरू, आँधीखोले लोकसंस्कृति(२०५५) लगायतका ६ दर्जन बढी कृतिहरु प्रकाशित छन् । उहाँले सम्पादन, अनुवाद र समीक्षाका क्षेत्रमा पनि कलम चलाउनु भएको छ । 
छ दशकभन्दा लामो समय भाषा– साहित्यको सेवामा समर्पित गर्नुभएको वनवासीज्यूले ४ दर्जनभन्दा बढी पुरस्कार एवम् सम्मान प्रप्त गरिसक्नुभएको छ । उहाँलाई भेषजराज साहित्य प्रतिष्ठानले २०७४ सालमा भेषजराज साहित्य सम्मानद्वारा पनि सम्मानित गरेको थियो । दर्जन भन्दाबढी सङ्घसंस्थामा आबद्ध वनवासीज्यूले नेपाली भाषा–साहित्यका क्षेत्रमा पुर्याएको योगदान अविस्मरणीय छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...