समाचार
नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन तथा ओसार–पसारमा संगल्न दुई ट्याक्टर नियन्त्रणमा
रेडियो आँधीखोला
वालिङ, २४ असोज ।
प्रहरीले नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन तथा ओसार–पसारमा संगल्न दुई ट्याक्टर नियन्त्रणमा लिएको छ । अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसारपसार गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चापाकोट र अस्थायी प्रहरी चौकी दामाचौर स्याङ्जाबाट खटिएको प्रहरी टोलीले चापाकोट ७ बनकट्टा घाटबाट लु. ४ त. १८६४ र लु. ४ त. ९७२४ नम्बरको ट्याक्टर निन्यन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ति ट्याक्टरहरु बालुवा लोड गरी ओसार–पसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि चापाकोट नगरपालिकाको कार्यालय पठाएको प्रहरीले जनाएको छ । त्यस्तै वालिङ १० गाहाखोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । गाहाखोला स्थित आँधीखोला किनारबाट नदीजन्य पदार्थ लोड गरी लैजाँदै गरेको अवस्थामा ग १ त ६११० नम्बरको ट्याक्टर वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । उक्त ट्याक्टरलाई कारबाहीको लागी वालिङ नगरपालिकामा पठाईएको छ ।