अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

सुनको गहना चोरीको आरोपमा सुवेदी पक्राउ

news

 
रेडियो आँधीखोला
वालिङ, २४ असोज । 
सुनको गहना चोरीको आरोपमा स्याङ्जाको फेँदिखोला गाउँपालिका ३ घर भई हाल कास्की १७ बिरौटा बस्ने २८ वर्षीय प्रतिमा सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही अशोज १८ गते फेँदिखोला गाँउपालिका ५ बागे स्थित उषा शर्माको घरमा साढे ३ तोलाको लकेट सहितको सिक्री १ थान २ तोलाको बेरुवा औँठी १ थान चोरी भएको थियो । 
उक्त चोरी घटनाको अनुसन्धान गर्दै जाँदा पुतलीबजार नगरपालिका १ शहिदचोकमा शंकास्पद अवस्थामा पक्राउ गरी सुवेदीले लुकाईपिछाई राखेको अवस्थामा पोखराबाट साढे ५ तोला सुन बरामद गरेको हो । सुवेदीलाई चोरी सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरिक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...