समाचार
धारीलो हतियार प्रहारको आरोपमा एक व्यक्ति पक्राउ
रेडियो आँधीखोला
वालिङ, २४ असोज ।
प्रहरीले धारीलो हतियार प्रहारको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । भीरकोट १ प्रगतिटोलमा वालिङ १४ का सुर्वण लुँईटेलमाथि धारीलो हरियार प्रहार घाईते भएको सूचनाको आधारमा प्रहरी चौकी दहथुमबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । पिडितको किटानी जाहेरीको आधारमा घटनामा संलग्न भीरकोट २ का २९ वर्षीय अनिल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। गुरुङलाई ज्यान मार्ने उद्योग मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
यसैबीच निजि तथा आवसिय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सनले आफ्नो सदस्यमामाथि सांङघातिक आक्रमण भएको भन्दै ध्यानार्कषण जनाएको छ । प्यापसनका जिल्ला सदस्य रहनुभएका लुँईटेलमाथि विना कारण भएको आक्रमणको प्याब्सनले एक विज्ञप्ति जारी गर्दै घटनाको घोर र्भत्सना एवं निन्दा गरेको हो । प्याब्सनका अध्यक्ष राजेन्द्रबहादुर गोदारद्धारा जारी विज्ञप्तिमा उक्त घटनाको निष्पक्ष छानविन गरी दोषी माथि कारबाहीको माग गरिएको छ।