अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

प्रहरीद्धारा पटका बरामद

 
वालिङ, २५ असोज ।
नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारलाई लक्षित गर्दै ल्याईएको पटका प्रहरीले बरामद गरेको छ । गल्याङ् १ राम्दी स्थित सिद्धार्थ राजमार्गमा अस्थायी प्रहरी चौकी राम्दीखटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बुटवलबाट वालिङतर्फ आउँदै गरेको बा ७७०४ नम्बरको स्र्कापियो जीपमा लुकाई छिपाई ल्याएको अवस्थामा १ हजार २८ प्याकेट पटका  बरामद गरेको हो । बरामद गरिएको पटका  स्थानिय जनप्रतिनिधी, समाजसेवी, पत्रकार लगायतको उपस्थिति र रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। त्यस्तै प्रहरीले फरार व्यक्तिलाई पक्राउ गरेको छ । 
अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारवाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको अभियानाका साथ सक्रिय प्रहरीले दुई जना फरार व्यक्तिलाई पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालयस्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले सम्मानित अदालतबाट निम्न मुद्दा फैसला भई   जरिवाना भुक्तान गर्न बाँकी रहेका पाल्पाको रम्भा गाउँपालिका १ घर भई गल्याङ ९ बस्ने यामबहादुर गाहा र आँधीखोला गाउँपालिका ५ का रमा पौडेललाई बाँकी सजया भुक्तानीका लागी अदालत पठाएको छ । गाहा बिना ईजाजत सालको काठ ओसारपसार र पौडेल भ्रष्टाचार मुद्धाका व्यक्तिहरु हुन् ।   
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...