अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

अवैध उत्खनन् र ओसारपसार गर्नेले तिरे राजस्व र जरिवाना

 
वालिङ, २६ असोज । 
नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसार गर्ने भीरकोट –४ का तेज नारायण श्रेष्ठले ९० हजार ६६६ राजस्व र नौ हजार ६६ रुपियाँ जरिवाना तिरेका छन् । गत भदौ १० गते दहथुम प्रहरी चौकीले ग १ त ४९४१ नम्बरको ट्याक्टर वालिङ नगरपालिका –१ ओडारेस्थित आँधीखोला किनारबाट नियन्त्रणमा लिएको थियो । उक्त समयमा ट्याक्टरधनी श्रेष्ठलाई आठ हजार रुपियाँ जरिवाना तिराई छाडिएको थियो ।
सो समयमा जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, भीरकोट नगर प्रमुख, पत्रकार र स्थानीयहरूको टोलीले संयुक्त रूपमा अनुगमन गर्दा पनि ठुलो मात्रामा बालुवा सङ्कलन गरिएको फेला परेको थियो । अनुगमन टोलीले भीरकोट–४ छाङ्छाङ्दी बगरमा ५६७.५ घनमिटर र वालिङ –११ मा १४०९.८५ घनमिटर बालुवा फेला पारेको हो । सो बालुवा श्रेष्ठकै स्वामित्वमा रहेको प्रमाणित भएपछि राजस्व र जरिवाना गराएको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभो ।
आँधीखोला किनारमा प्रहरीले नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ग १ त ६६०५ नम्बरको  ट्याक्टर प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले नियन्त्रणमा लिएसँगै अवैद्य फेला परेको बालुला श्रेष्ठको भएको प्रमाणित भएको हो । ट्याक्टरबाट बालुवा ओसारपसार भइरहेको अवस्थामा पक्राउ परेपछि प्रहरीले पटके कायम गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाएको थियो । नदीजन्य पदार्थको अवैध उत्खनन् र ढुवानीमा संलग्न जो कोहीमाथि पनि अब कडा कारबाही गरिने भएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...