समाचार
बालगृहलाई १ लाख सहयोग
वालिङ, २६ असोज ।
स्याङजा सहयोग समाज कतारले एक कार्यक्रमका विच फेदीखोलामा रहेको अमोर सेवा बालगृहलाई १ लाख सहयोग गरेको छ । सहयोग हस्तान्तरण गदै स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष विरेन्द्र जंग केसी काजीले दुई जना छोरा छोरी पाल्न गाह्रो भएको बेलामा ४५ जना बच्चाको हेरचार गरेर बालगृह संचालिका कमला पराजुलीले धेरै राम्रो काम गरेको बताउनुभयो । उहाँले आगमी दिनहरुमा पनि आफुले सहयोग गर्ने बताउदै संस्थाको आजिवन सदस्य बन्ने बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्षहरु मिन क्षेत्री, थमन रानाभाट, स्याङजा सहयोग समाज कतारका संस्थापक सचिव कमल प्रसाद न्यौपाने र अमोर सेवा बालगृह फेदीखोलाकी संचालिका कमला पराजुली लगाएतले मन्तव्य राख्नुभएको थियो ।
स्याङजा सहयोग समाज कतारका वरिष्ट उपाध्यक्ष शिवराम ढकालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका प्रवक्ता भेषराज पराजुलीले गर्नुभएको थियो भने स्वागत मन्तव्य बालगृहकी विद्यार्थी अमृता गुरुङले राख्नुभएको थियो । ४५ जना बालबालिका रहेको उक्त बालगृह संचालनार्थ स्याङजा सहयोग समाज कतारले १ लाख नगद सहयोग गरेको हो ।