अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Songs & Add

समाचार

धमाधम पटका बरामद गर्दै प्रहरी

news

 
रेडियो आँधीखोला
वालिङ, २८ असोज । 
तिहार आउँदै गर्दा प्रहरीले अवैध पटकाहरु धमाधम बदामद गर्दै आएको छ । पर्वको नाममा प्रज्वलनशिल पदार्थहरु विक्रि वितरण तथा पट्काउन प्रहरीले निषेध गर्दै आएको छ तर पनि तिहारका नाममा पटकाहरुको अवैध ओसारपसार र विक्रि वितरण हुँदै आएको छ । यसैक्रममा प्रहरीले बुटवलबाट पोखरा जाँदै गरेको ट्रकमा लुकाईपिछाई ल्याएको पटका बरामद गरेको छ । 
स्याङ्जा र पाल्पाको सिमाना राम्दीमा पछिल्लो समय प्रहरीले चेकजाँचलाई कडाई गरेको छ । यसअघि पनि राम्दीमा सवारी चेकजाँचका क्रममा प्रहरीले पटका बरामद गरेको थियो । सोमबार पनि प्रहरीले राम्दी स्थित सिद्धार्थ राजमार्गमा अस्थायी प्रहरी चौकी राम्दीको प्रहरी टोलीले बुटवलबाट पोखरा जाँदै गरेको लु २ ख ३३६ नम्बरको ट्रकमा लुकाएर ल्याएको ९३१ प्याकेट पटका बरामद गरेको हो । 
उक्त पटका जनप्रतिनिधि, समाजसेवीको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । टुर्कि इलेक्ट्रीक क्रयाक्र्रस ९०५ प्याकेट, ग्राउण्ड क्र्याक्र्रस ६ प्याकेट र लुम्बा बुलेट २० प्याकेट गरी ९३१ प्याकेट पटका बरामद गरिएको प्रहरीले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...