अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

नेपाल आर्दश मावि वालिङमा स्र्पोटस विक्स शुरु

news

 
रेडियो आँधीखोला
वालिङ, २८ असोज । 
नेपाल आर्दश माध्यमिक विद्यालय वालिङ ८ भिमटारीमा स्र्पोट्स विक्स शुरु भएको छ । विभिन्न विधाका खेलहरुमा उत्कृष्ट हुनेलाई २५० गोल्ड मेडल, २५० शिल्भर मेडल र २५० बेल मेडल गरी ७५० मेडल र प्रमाणपत्र प्रदान गरिँदैछ । आईतबारदेखि शुरु भएको खेलमा मण्टेश्वरी देखि ५ सम्मका विद्यार्थीहरुलाई म्युजिकल चियर, सन्तुलित दौड, ५० मिटर रिले दौड, जोडि दौड, पानी भर्ने खेल, स्कट दौड, बेलुन फुटाउने, भित्र बाहिर खेल, पिठो दौड खेलाईएको छ भने कक्षा ६ भन्दा माथि व्याचलर सम्मका विद्यार्थीहरुले ३००० मिटर दौड, ८०० मिटर दौड, भलिबल, कबड्डी, बास्केटबल, हेण्डबल, फुटसल, व्याडमिण्टन, टेबलटेनिस, ज्याब्लिङ थ्रो, हाई जम्प, लङ जम्प, त्रिपल जम्प लगायतका खेलहरु भएका छन् । 
सामुहिक खेलहरु चरणबद्ध रुपमा ३ चरणमा खेलाईएको छ भने व्यक्तिगत खेलहरु भने दिनहुँ नतिजा प्रकाशन गरी पुरस्कार वितरण गरिएको कार्यक्रम संयोजक टिकराज गुरुङले बताउनुभयो । एक हप्तासम्म चल्ने खेलमा विहानी र दिउँसोका गरी २ हजार विद्यार्थीहरुले खेलमा सहभागिता लिँदैछन् । गण्डकी प्रदेशमै उत्कृष्ट भएको नेपाल आर्दश माविमा मण्टेश्वरीदेखि स्नातक सम्म गरी २ हजार २४३ विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयले हरेक वर्ष क्यालेण्डर अनुसार नै जाडोको समय शुरु भएसंगै स्र्पोट्स विक्स सञ्चालन गर्दै आएको छ । 
विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै विद्यालयका प्रधानाध्यापक होमकान्त गौतमले विद्यार्थीहरुलाई किताबी ज्ञान बाहेकका अतिरिक्त क्रियाकलापहरु विद्यालयले सञ्चालन गर्दै आएको भन्दै हरेक वर्ष एक हप्ता सम्म बुक फ्रि भएर खेलहरु खेलाउँदै आएको बताउनुभयो । हरेक हप्ताको शुक्रबार गराईने अतिरिक्त क्रियाकलाप बाहेक हरेक वर्ष एक हप्ता सम्म शारिरिक रुपमा खेलाईने खेलहरुमा विद्यार्थीहरुलाई सहभागिता गराउँदै आईएको प्रअ गौतमले बताउनुभयो । यस्ता क्रियाकलापले विद्यार्थीहरुलाई शारिरिक तथा मानसिक रुपमा थप शसक्त बनाउन सहयोग गर्ने उहाँको भनाई छ । 
यहाँ रहेका अन्य सामुदायिक तथा संस्थागत विद्यालयहरुले पनि वार्षिक रुपमा स्र्पोट्स विक्स मार्फत विद्यार्थीहरुलाई विभिन्न खेलहरु खेलाउँदै आएका छन् । यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई थप उर्जा मिलेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...