अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

नदिजन्य उत्खनन गर्नेले बुझाए १० हजार जरिवाना

 
वालिङ, ३१ असोज ।
अवैध नदिजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्नेले १० हजार जरिवाना तिरेका छन् । अवैध पदार्थ अवैध रूपमा उत्खनन् तथा ओसार–पसार गरिरहेको भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चापाकोट र अस्थायी प्रहरी चौकी दामाचौरबाट खटिएको प्रहरी टोलीले चापाकोटमा एक ट्याक्टर नियन्त्रणमा लिएको थियो । 
चापाकोट नगरपालिका वडा नम्बर –०८ बनकट्टा घाटबाट लु. ५ त. ८४४ नम्बरको ट्याक्टरमा बालुवा लोड गरी रहेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि चापाकोट नगरपालिकाको कार्यालय चापाकोटमा पठाएकोमा कारवाही स्वरूप दश हजार जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...