अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

फरार कैदी बन्दीलाई लुकाउने या आश्रय दिनेलाई समते कारबाही हुने

news

 
रेडियो आँधीखोला
वालिङ, ३१ असोज ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले फरार कैदीबन्दीलाई लुकाउने या आश्रय दिने व्यक्तिलाई समेत कारबाही हुने जनाएको छ । गत भदौ २३ र २४ गतेको जेनजि आन्दोलनका क्रममा नेपालभरीका कारागार कार्यालयमा रहेका कैदीबन्दीहरु तथा बालबन्दीहरु भागेर अहिलेसम्म फर्किएका छैनन् । यसै सन्र्दभमा त्यस्ता फरार कैदीबन्दीहरु तथा बालबन्दीहरुका विषयमा कसैलाई जानकारी भएमा कारागार फर्काउने कार्यमा सहयोग गर्न परिवार, समुदाय, नागरिक समाज, सञ्चार माध्यम तथा व्यवसायीहरुलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेको हो । 
साथै फरार कैदीबन्दी तथा बालन्दीहरुलाई लुकाउने, छिपाउने या आश्रय दिने व्यक्तिलाई समेत कसुदार ठानी कारागार ऐन २०७९ र प्रचलित कानून अनुसार कारबाही हुने प्रशासनले जनाएको छ । यदि फरार कैदिबन्दी देखेमा जिल्ला प्रशासन कार्यालय,प्रहरी कार्यालय, शसस्त्र प्रहरी, राष्ट्रिय अनुषन्धान कर्यालय, जिल्ला कारागार तथा सम्बन्धीत निकायमा खबर गरि सहयोग गर्न प्रशासनले एक सूचना जारी गरी जानकारी दिएको हो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...