अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

वालिङमा नगर अस्पताल भवन निर्माण

news

 
वालिङ, १ कार्तिक । 
वालिङ नगरपालिकामा सुविधा सम्पन्न अस्पताल भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकार र वालिङ नगरपालिकाको लगानीमा नगर अस्पताल भवनको निर्माण सम्पन्न भएको छ ।  वालिङ नगरपालिका–१, रामबाच्छामा निर्माण गरिएको भवन निर्माणका लागि नगरपालिकाले आशिस सिद्धबाबा रुची जेभिीसँग १३ करोड लागतमा निर्माण गर्ने गरी गएको २०७८ असार ८ गते सम्झौता भएको नगरपालिकाका इन्जिनियर ध्रुव रेग्मीले जानकारी दिनुभयो । 
दुई पटक म्याद थप गरिएको अस्पताल भवन निर्माणका लागि यही कात्तिक मसान्त सम्म पु¥याइएको थियो । कोभिडको महामारी, निर्माण सामाग्रीको अभाव,भवन निर्माण स्थलको जटिलताका कारण समय थप गर्नु परेको नगरपालिकाले जनाएको छ । 
स्थानीय विभिन्न व्यक्तिको अनुदान र खरिद गरी २० रोपनी क्षेत्रफलमा अस्पताल भवन तथा अन्य आवश्यक संरचनाहरु निर्माण गरिएको रेग्मीले बताउनुभयो । तीन वटा ब्लकमा निर्माण गरिएको अस्पताल तत्कालको लागि १५ शैयाको हुने नगर प्रमुख कुष्ण खाँणले जानकारी दिनुभयो । अस्पताल भवन निर्माणका लागि २७ करोडको डिपिआर तयार भएको प्रमुख खाँणले बताउनुभयो । उहाँका अनुसार भवन निर्माण भए पनि कर्मचारी आवास गृह, बाउन्ड्री, निकास सडक र लिफ्ट लगायतका संरचना निर्माण गर्न बाँकी रहेको छ । 
नगर अस्पताल भवन निर्माण गरिएको ठाउँको जमिन भिरालो भएका कारण थप तीन करोड लगानी बढ्न पुगेको इन्जिनियर रेग्मीले बताउनुभयो । तत्कालीन केपी ओली सरकारले देशका विभिन्न पालिकामा एकै पटक सुरु गरेको नगर अस्पताल निर्माणको अभियान अन्तर्गत वालिङमा नगर अस्पताल भवनको निर्माण सुरु गरिएको हो । जिल्लामा नै धेरै जनसङ्ख्या बसोबास गर्ने वालिङमा सुविधा सम्पन्न भवनको अभाव रहेको छ । यहाँका नागरिक पोखरा तथा पाल्पा सम्म उपचारका लागि पुग्ने गरेका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...