अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

जनप्रिय माविमा विव्यस गठन

news

 
रेडियो आँधीखोला
वालिङ, २ कार्तिक ।
जनप्रिय माध्यमिक विद्यालय भीरकोट ५ सिम्लेमा शनिबार बसेको अभिभावकहरुको भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । भेलाले चोलाकान्त पौडेलको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । समितिको सदस्यहरुमा इन्द्रप्रसाद पौडेल, खगेन्द्रसिंह ठकुरी, टेककुमारी अर्याल, कमला पौडेल र देवि परियार रहनुभएको छ । 
त्यस्तै राजेन्द्र अर्यालको अध्यक्षतामा शिक्षक अभिभावक समिति गठन गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष सुवेदार कृष्णबहादुर थापाले विद्यालयले विगतदेखि नै शैक्षिक क्षेत्रमा अनुलनीय योगदान पु¥याउँदै आएको भन्दै बढ्दै गरेको प्रविधिको युगमा विद्यालयलाई सोही ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा निर्वतमान वडा अध्यक्ष यामप्रसाद अधिकारी, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु राजेन्द्रबहादुर सिंह, इन्द्रप्रसाद पौडेल, हरि पंगेनी, विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार खांणलगायतले बोल्नुभएको थियो । कार्यक्रमको औचित्यका बारेमा विद्यालयका प्रअ खांणले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक कृष्ण पौडेलले गर्नुभएको थियो । 
 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...