समाचार
गल्याङमा विद्यालय वरपर सुर्तीजन्य पदार्थ विक्रि वितरणमा रोक
वालिङ, २ कार्तिक ।
गल्याङ नगरपालिकाले विद्यालय वरपरलगायतका स्थानहरुमा सुर्तीजन्य पदार्थ विक्रि वितरणमा रोक लगाएको छ । गण्डकी प्रदेश सरकारको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने सम्बन्धमा बनेको ऐन २०७६ को परिच्छेद ३ को दफा ११ को उपदफा ३ मा कसैले पनि शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, जेष्ठ नागरिक आश्रमलगायतका क्षेत्रको कम्तिमा पनि १०० मिटर भित्र घर तथा पसलबाट सुर्ती वा सुर्तीजन्य पदार्थहरु विक्रि वितरणमा रोक लगाइएको छ ।
साथै सोही दफाको उपदफा ५ मा विद्यालय तथा विश्वविद्यालयको पोसाक लगाई सर्तीजन्य पदार्थ खरिद गर्न जाने जुनसुकै उमेर समूहका विद्यार्थीहरुलाई सुर्तीजन्य पदार्थ विक्रि वितरण गर्न पाईने छैन भनेर उल्लेख गरिएकाले गल्याङ नगरपालिकाले पनि निषेधित क्षेत्रभित्र सुर्तीजन्य पदार्थ विक्रि वितरण नर्गन आग्रह गरेको हो ।
नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भविष्वर घिमिरेद्धारा जारी सूचनामा निषेध गरिएका क्ष्ोत्रहरुको १०० मिटर भित्र सर्तीजन्य पदार्थ विक्रिवितरण गरेको पाईएमा गण्डकी प्रदेश सरकारको सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन गर्ने समबन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ को परिच्छेद ५ अनुसार कारबाही हुने उल्लेख गरिएको छ ।