अहिले तरंगमा

केहि छिनमा

समाचार

साहित्यिक अभियानमा स्याङ्जाली नारी गठन

news

 
रेडियो आँधीखोला,
वालिङ ३ कार्तिक ।
पछिल्लो समय स्याङ्जा जिल्ला नेपाली भाषा र साहित्यको विकासमा गतिशील ढङ्गले अगाडि बढिरहेको छ । यसैबीच स्याङ्जा जिल्लामा क्रियाशील नारी स्रष्टाहरूको भेलाले   आफ्नो क्रियाशीलतालाई संस्थागत स्वरूपमा बदल्ने जमर्को गरेको छ । 
कथाकार लक्ष्मी रेग्मी खनालको अध्यक्षतामा बसेको भेलाले “सिर्जना, पहिचान र नेतृत्व विकास ः आत्मानिर्भर कर्म, सह–अस्तित्वको सुवास“ भन्ने नारासहित “साहित्यिक अभियानमा स्याङ्जाली नारी“ नामक संस्थाको स्थापना गरेको छ । सो भेलाले संस्थाको अध्यक्षमा लक्ष्मी रेग्मी खनाल, उपाध्यक्ष मुक्तककार सम्झना थापा मगर, सचिव कवि लक्ष्मी काफ्ले, सह– सचिव मुक्तककार सरस्वती अर्याल, कोषाध्यक्ष कवि मञ्जु पराजुली, सह– कोषाध्यक्ष कवि वसन्ती अधिकारी र सदस्यमा गजलकार सिर्जना खनाललाई चयन गरेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...