समाचार
तिहारको संघारमा सक्रिय बन्दै प्रहरी
रेडियो आँधीखोला
वालिङ, ४ असोज ।
तिहार नजिकिँदै गर्दा प्रहरीले समाजमा शान्ती सुरक्षा अमनचयन कायम राख्न सक्रियता देखाएको छ । अवैध प्रज्वलनशील पटका नियन्त्रण तथा बरामद गरेको प्रहरीले जुवातास खेल्नेलाई समेत नियन्त्रणमा लिएको छ ,। इसैक्रममा सोमबार पनि प्रहरीले पटका बरामद गरेको छ । अवैध रुपमा पटका कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले १५ प्याकेट पटका बरामद गरेको हो । प्रहरीले स्याङ्जाको पुतलीबजार नगरपालिका १ नारायणस्थानका ४२ वर्षीय अरुणा गुरुङले अवैध रुपमा पटका बेचविखन गरिहेको ११ प्याकेट र सोही स्थानकै २९ वर्षीय सविना खातुनले अवैध रुपमा बेचविखन गरिरहेको ४ प्याकेट पटका बरामद गरेको हो । उक्त पटका टुर्की नामक पटका रहेको प्रहरीले जनाएको छ।
त्यस्तै सोमबार प्रहरीले तास खेल्ने समूहलाई नगद सहित नियन्त्रणमा लिएको छ । गल्याङ नगरपालिका वडा नम्बर–१३ कुलबाँध स्थित गणेश बस्यालको घरमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायव उपरीक्षक कमलराज पण्डितको कमाण्डमा खटिएको विशेष टोलीले ७ (सात) जनालाई नगद सहित नियन्त्रणमा लिएको हो । ति व्यक्तिहरूलाई तास खेलिरहेको अवस्थामा, १५६ पत्ती (३ बुक) तास र १ लाख ९७ हजार ७०० नगद सहित फेला पारी नियन्त्रण तथा बरामद गरी थप अनुसन्धान तथा कानूनी कारबाही प्रक्रिया अगाडी बढाईएको छ । पक्राउ पर्नेमा गल्याङ नगरपालिका १ का ५० वर्षीय गणेश बस्याल, ७२ वर्षीय कुस्मखर न्यौपाने, ५९ वर्षीय ओम श्रेष्ठ, ४२ वर्षीय चुडामणि बस्याल, ४२ वर्षीय लोकनाथ बस्याल, ४४ वर्षीय सुन्दर बस्याल र ५१ लक्ष्मीप्रसाद बस्याल रहेका छन् ।