अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जामा मोटरसाइकल दुर्घटनामा परी वरिष्ठ कृषि अधिकृत लम्सालको मृत्यु

news

 
रेडियो आँधीखोला
वालिङ, ८ असोज । 
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा १४ मा शुक्रबार दिउँसो ४ बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी पुतलीबजार नगरपालिका वडा १४ लामागे लम्साल डाडा बस्ने ४५ वर्षीय माधव प्रसाद लम्सालको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आमडाडाँस्थित सतहु पुतलीखेत भित्री सडकखण्डमा सतहुबाट लामागे आउँदै गरेको लु ५९ प ३७९७ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हँदा लम्सालको मृत्यु भएको हो । मोटरसाइकल सडकबाट अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले बताएको छ । लम्साल राष्ट्रि«य कृषि परियोजना इकाइ कार्यालय कास्कीका कार्यालय प्रमुख हुनुहुन्थ्यो । यसअघि उहाँ कार्यान्वयन एकाइ स्याङ्जाका कार्यालय प्रमुख पनि हुनुहुन्थ्यो । मोटरसाईकल दुर्घटनाबारे थप अनुसान्धन भईरहेको प्रहरीले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...