समाचार
कास्की कारागारबाट फरार कैदी स्याङ्जाबाट पक्राउ
रेडियो आँधीखोला
वालिङ, ९ असोज ।
जेनजी आन्दोलनको क्रममा फरार व्यक्ति स्याङ्जामा पक्राउ परेका छन् । यही भदौ २४ गते रातको समयमा कास्की कारागारपोखराबाट फरार भएका पुतलीबजार नगरपालिका वडा नम्बर–०१ का २५ वर्षीय विश्वास नेपाली पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुम खटिएको विशेष अप्रेसन टोलीले नेपालीलाई भिरकोट १ दार्सिङबाट पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला कारागार स्याङ्जामा पठाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । नेपाली जबरजस्ती करणी मुद्दाका कैदी हुन् ।