अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

भेषजराज शर्माको ९३औँ जन्मजयन्तीका अवसरमा श्रष्टा सम्मान

news

 
वालिङ, ९ असोज । 
श्रष्टा भेषजराज शर्माको ९३ जन्मयजन्तीका अवसरमा वालिङमा श्रष्टा सम्मान तथा नियमित रचना वाचनको ९०औँ श्रृंखला सम्पन्न भएको छ । संस्कृति, भाषा, कला र साहित्यको संर्वद्धन भेषजराज साहित्य प्रतिष्ठानको अभियान भन्ने नाराका साथ शनिबार वालिङ नगरपालिका सभाहलमा प्रगतिशिल लेखक संघ स्याङ्जाका अध्यक्ष अनन्त अर्याल र ज्याग्दीखोला साहित्यीक प्रतिष्ठानका उपाध्यक्ष अग्निकुमार पल्लब पुरस्कृत तथा सम्मानित हुनुभएको हो । 
भेषजराज साहित्य प्रतिष्ठानको आयोजनामा आयोजित कार्यक्रममा लेखक संघका अध्यक्ष अर्याल नगद १० हजार, प्रमाणपत्र र दोसल्लाले पुरस्कृत हुनुभएको हो भने ज्याग्दिखोला प्रतिष्ठानका उपाध्यक्ष पल्लब नगद २ हजार, सम्मानपत्र र दोसल्लाले सम्मानित हुनुभएको हो । 
सम्मान तथा नियमित रचना वाचनको श्रृंखला कार्यक्रममा प्राज्ञ तेजप्रकाश काफ्लेले स्व. भेषजराज शर्माको जिवनी तथा उहाँले साहित्यीक क्षेत्रमा पु¥याउनुभएको योगदानका विषयमा जानकारी गराउनुभएको थियो । स्याङ्जा जिल्ला साहित्यको उर्वर भुमि रहेको बताउँदै स्व. शर्माको साहित्यलाई जिवित बनाउँदै नयाँ पुस्तालाई साहित्यीक ज्ञान प्रर्वद्धन गर्न भेषजराज साहित्य प्रतिष्ठानले ठुलो भुमिका खेल्दै आएको काफ्लेले बताउनुभयो । 
कार्यक्रममा प्राध्यापक डा. जगनाथ रेग्मी, सहप्रध्यापक अम्बिकाप्रसद अधिकारी, साहित्यकार विश्वप्रेम अधिकारी, प्रेमराज लुँईटेल,  वडा नं. १२ का अध्यक्ष विश्वजंग गुरुङ, चोलाकान्त अर्याल, मोहनप्रसाद अर्याल पुर्व प्रजिअ ऋषिराम कंडेल, ठाकुरप्रसाद सुवेदी, वडा प्रहरी कार्यालयका सई हरिप्रसाद काफ्लेलगायतको आफ्ना भनाई राख्नुभएको थियो । 
कार्यक्रममा साहित्यकारहरु शम्भु अर्याल, सुभद्रा रेग्मी, पारिश्वर न्यौपाने, मिठु अर्यालरेग्मी, विष्णु पंगेनी पाण्डे, इं पारस रेग्मी, लेखनाथ काफ्ले, नारायणप्रसाद रेग्मी सुर्यप्रसाद डुम्रेलगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो ।  विस १९८९ मा जन्मनुभएका साहित्यकार भेषजराज शर्माको २०५९ सालमा मृत्यु भएको थियो । उहाँकै नामबाट प्रतिष्ठानले साहित्यका क्षेत्रमा काम गर्दै आएको छ । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव श्यामप्रसाद ढुंगानाले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...