अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

तिहारमा फूल बिक्रीबाटै सात लाख आम्दानी

 
वालिङ, ११ असोज । 
स्याङ्जाको चापाकोट नगरपालिका–१ बेलडाँडाका कृषक तुलसीराम भण्डारीले सयपत्री फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले तिहारको अवधिमा फूलको माला, थुँगा र बिरुवा बिक्री गरेर सात लाख रुपैयाँ आम्दानी गर्नुभएको हो । कृषक भण्डारीले तिहारमा माला बेचेर दुई लाख ५६ हजार १६० रुपैयाँ, फूलको थुँगा बिक्रीबाट चार लाख ७ हजार ५० आम्दानी गर्नुभएको हो । यसअघि सयपत्री फूलका बिरुवा बेचेर ५३ हजार आम्दानी गरेको कृषक भण्डारीले बताउनुभयो । गएको तिहारमा सयपत्री फूलको माग अत्यधिक रहेको र सोहि अनुरुप मूल्य पनि राम्रो पाएको उहाँले सुनाउनुभयो ।
 
कुल आम्दानी भएको ७ लाखमध्ये गाउँमै बेचेको फूलको हिसाव नगरिएको उहाँले बताउनुभयो । फूलको उत्पादन अझै केही महिना जारी रहने बताउँदै भण्डारीले चालु सिजनमा झण्डै १० लाख आम्दानी हुने जनाउनुभयो । भण्डारीले शिक्षण पेशामा रहँदा सामान्य र अवकाशपछि व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्दै आउनुभएको छ । ६० वर्षिय भण्डारीले विगत चार वर्षदेखि फूलखेती गर्दै आउनुभएको छ ।
 
शिक्षकका रुपमा कार्यरत रहँदा नै फुर्सदको समयमा व्यावसायिक बन्दै आत्मनिर्भर बन्ने प्रयास गरेका भण्डारीले गाउँमै तीन रोपनी जग्गामा फूलखेती गर्नुभएको छ । बाँझो जमिनको सदुपयोग गर्दै फूलखेतीका लागि थप क्षेत्रफल बढाउने योजना रहेको उहाँको भनाई छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...