अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पानी परेपछि कृषकलाई धानको चिन्ता

 
रेडियो आँधीखोला
वालिङ, १२ असोज । 
मंगलबार विहानदेखि भएको वर्षाका कारण धान बालीमा क्षति हुन सक्ने भएकाले कृषकहरु चिन्तित भएका छन् । विषेशगरी तिहारको विदाईसंगै धान काटेर धान भित्रयाउने सोँचमा रहेका कृषकहरुलाई धेरै पिरलो थपेको छ । यतिबेला हरेक फाँट, टारी खेत, गैरी खेतमा धान पाकेर पहेँलपुर भएका छन् । स्याङ्जामा हिउँदे र वर्षे गरेर १४ हजार ३९० हेक्टर क्षेत्रफलमा धान रोपाई हुँदै आएको छ । वर्ष दिनसम्म खाने धान बाली भिजाएपछि कृषकलाई चिन्ता परेको छ । वालिङ नगरपालिका–८ का कृषक खेमकान्त कोइरालाले ४ रोपनी खेतमा लगाएको धान खेतमा नै रुझेको छ । वर्ष भरी खाने धान नराम्रोसँग रुझ्दा आफू चिन्तित भएको उहाँले बताउनु भयो ।
बेमौसमी झरीले जिल्लाका अधिकांश क्षेत्रमा पाकेर काटेको धान भिझाएको छ । धान भिझेर कति क्षती हुन्छ त्यस्को विवरण सङ्कलन गर्न समय लाग्ने कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ । 
स्याङ्जामा सावित्री, मन्सुरी, रामधान,हाइब्रिड प्रकृतिका साथै केही उन्नत जातका धान खेती गरिन्छन् भने केही ठाउँमा स्थानीय जातका धान पनि रोप्ने गरिन्छ । 
काटेर सुकाएको धानलाई गुम्स्याएर नराख्ने, सकेसम्म पातलो गरी राख्ने, पानीबाट बाहिर निकाल्ने तथा बेलाबेलामा सुकाएको धानलाई चलाएर गुम्सिन नदिने तरिका अवलम्बन गर्दा क्षति न्यूनीकरण हुने कृषि विज्ञले सुझाव दिएका छन् ।
ढलेको तर काट्न बाँकी धानलाई उठाएर ३–४ वटा गाँज एकै ठाउँमा मुठा बनाएर हल्कासँग बाँध्ने वा छिटो काटेर सकेसम्म पुनः पानीमा पर्न नदिइ थ्रेसिङ्ग गर्दा धान र पराल दुवै प्रयोगमा आइ क्षति धेरै नै घट्ने हुनसक्ने उनीहरुको सुझाव छ । यदि पाकेको धान छ र बोटबाटै धान नझर्ने जात हो भने केही दिन पर्खेर भित्र्याउँदा उपयुक्त हुने विज्ञले सुझाएका छन् ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...