अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

उत्तरवाहिनी महामेलामा वक्तृत्वकला प्रतियोगिता हुने

news

 
वालिङ, १४ कार्तिक । 
स्याङ्जाको गल्याङ नगरपालिका–१ र पाल्पाको रम्भा गाउँपालिका–१ को संगमस्थल उत्तरवाहिनीमा सञ्चालन भैरहेको उत्तरवाहिनी महामेला तथा दामोदर धर्मोत्सव–२०८२ मा वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिने भएको छ । श्री कालीगण्डकी गुरुकुलम, उत्तरवाहिनीको आयोजनामा हुन लागेको यो प्रतियोगिता आगामी कात्तिक १५ गते शनिबार हरिबोधनी एकादशीको दिन सञ्चालन गरिने आयोजक समितिले जानकारी दिएको छ ।
प्रतियोगितामा कक्षा ७ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी हुन सक्नेछन् । आयोजक संस्थाले इच्छुक विद्यार्थीहरूलाई समयमै आफ्नो नाम दर्ता गरी प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ । प्रतियोगिताको विषय “उत्तरवाहिनी, कालीगण्डकी र शालग्रामको महत्व” रहनेछ ।  प्रत्येक प्रतियोगीलाई सात मिनेट समय तोकिएको छ । कार्यक्रम उत्तरवाहिनी क्षेत्रस्थित कालीगण्डकी गुरुकुलमको पाल्पा तर्फको हलमा सञ्चालन गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट वक्तालाई आकर्षक नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । जस अनुसार प्रथम पुरस्कार रु ३१,०००, द्वितीय पुरस्कार रु २१,०००, तृतीय पुरस्कार रु ११,००० तथा सान्त्वना पुरस्कार पाँच जनालाई जनही रु ५,१०० प्रदान गरिनेछ ।
आयोजक श्री कालीगण्डकी गुरुकुलमले यो प्रतियोगितामार्फत विद्यार्थीहरूमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतना अभिवृद्धि गर्न र वक्तृत्वकला तथा आत्मविश्वास विकासमा योगदान पु¥याउने उद्देश्य राखेको जनाएको छ ।
यसैबीच, असोज २१ गते देखि चलिरहेको धार्मिक महामेलामा भक्तजनहरुको उल्लेख्य सहभागिता बढिरहेको छ ।  कार्तिक १९ गतेसम्म सञ्चालन हुने महायज्ञमा पछिल्लो समय भक्तजनहरु थपिदै गएका छन् । महामेलाका लागि नेपालका विभिन्न ५० भन्दा बढि जिल्लासँगै भारतबाट पनि भक्तजनहरुको सहभागिता भैरहेको आयोजक कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...