अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गल्याङमा हल गोरु पाल्नेलाई ५ हजार अनुदान

news

 
वालिङ, १४ कार्तिक । 
स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पालक किसानलाई प्रोत्साहन स्वरूप अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८२÷८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार “हल गोरु पालक कृषक प्रोत्साहन अनुदान कार्यक्रम” सञ्चालनमा ल्याएको  । ग्रामिण भेगमा अझै पनि कुना कप्चेराहरुमा आधुनिक हाते ट्याक्टरहरु नपुग्ने भएका कारण हल गोरुको प्रयोग गर्ने गरिएको छ । यसरी हल गोरु पालन गरेर कृषि कर्म गरिरहनुभएका कृषकहरुलाई प्रोत्साहनका लागी यो कार्यक्रम ल्याईएको नगरपालिका पशु विकास अधिकृत डा. सुप्रिमा शर्माले बताउनुभयो । 
परम्परागत रुपमा कृषि गरेर आफ्नो जिविकोपार्जन गर्नुभएका कृषकहरुको साथमा पनि स्थानीय सरकार छ है भन्ने वातावरण सृजना गर्ने उद्देश्यले पनि यो कार्यक्रम ल्याईएको भन्दै आर्थिक वर्ष २०८२÷८३ मा २ लाख “हल गोरु पालक कृषक प्रोत्साहन अनुदान कार्यक्रमका लागी बजेट छुट्याएको डा. शर्माले बताउनुभयो । एक हल गोरु पाल्ने कृषकले नगरपालिकाले तय गरेको मापदण्ड पुरा गरेमा ५ हजार नगद अनुदान पाउनेछन् । नगरपालिकाले प्रोत्साहन रकमका लागी सूचना प्रकाशन गरिसकेको छ । 
यस कार्यक्रममा आवेदन दिन चाहने कृषकले पशु पहिचान संकेत नम्बर, हल गोरुको विमा प्रमाणपत्र, कृषकको नागरिकताको प्रतिलिपि, बैंक खाताको विवरण, कम्तीमा तीन वर्षदेखि हल गोरु पालेको र आफ्नै खेतमा खेती गरेको प्रमाणपत्र, साथै निवेदक र हल गोरुको संयुक्त फोटोसमेत अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । सूचना प्रकाशन गरेको दुई दिनमै ६ जना हल गोरु पाल्ने कृषकहरु सम्र्पकमा आईसक्नु भएको पशु शाखाले जनाएको छ । 
स्व–रोजगार सिर्जना गर्दै हल गोरुको सहायताले खेती गर्ने प्रणालीलाई संरक्षण र प्रवद्र्धन गर्नुका साथै गोरु पालक किसानले गोरु पालन र खेतीपातीमा देखाएको निरन्तरता तथा योगदानलाई सम्बोधन गर्न यो कार्यक्रम ल्याईएको नगरपालिकाले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...