समाचार
पत्रकार सिग्देल सम्मानित
रेडियो आँधीखोला
वालिङ, १५ असोज ।
पत्रकार श्रीकृष्ण सिग्देल सम्मानित हुनुभएको छ । रोयल बचत तथा ऋण सहकारी संस्था पुतलीबजारले स्याङ्जाका अग्रज पत्रकार सिग्देललाई सम्मानित एवम् पुरस्कृत गरेकोे हो । सिग्देललाई सहकारी संस्थाको २४औं साधारण सभाको अवसर पारेर सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य रहनुभएका सिग्देल महासंघका निर्वतमान जिल्ला अध्यक्ष एवं यस रेडियो आँधीखोला एफएमका सञ्चालक समिति सदस्य समेत रहनुभएको छ । सिग्देललाई सहकारी अभियानमा कलम चलाएको भन्दै रोयल सहकारीले साधारणसभामा नगद सहित सम्मान गरेको हो । विगत २ दशकदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल सिग्देल पब्लिक आवाज साप्ताहिक, सगरमाथा टेलिभिजन, राजधानी दैनिक, लुम्बिनी दैनिक, पोखरापत्र दैनिक लगायतका अनलाईन सञ्चारमाध्यममा कार्यरत हुनुहुन्छ ।
लामो समयदेखि देखि संचार क्षेत्रमा कार्यरत सिग्देलले कृषि, सहकारी, खोजमुलक, भष्ट्रचार बिरुद्ध र समसामयिक विषयमा कलम चलाउँदै आउनुभएको छ् । सहकारीले हरेक वर्ष एकजना पत्रकारलाई सम्मान गर्दै आएको छ । सहकारीले गत वर्ष पत्रकार प्रदिप कोइराला र त्यो भन्दा अगाडी भवानी अधिकारीलाई सम्मान गरेको थियो । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विविध क्षेत्रमा कलम चलाउने जिल्लाका उत्कृष्ट पत्रकारलाई सम्मान गर्ने अभियान शुरु गरेको छ ।