अहिले तरंगमा

केहि छिनमा

समाचार

बुवाको सम्झनामा छाँयाक्षेत्र मन्दिर परिसरमा १०८ विपल रोपण

news

 
रेडियो आँधीखोला,
कार्तिक १६ वालिङ ।
वालिङ ११ भोर्ले हाल बयरघारीमा रहनुभएका उच्चै परिवारले आफ्ना बुवाको सम्झनामा छाँयाक्षेत्र मन्दिर परिसरमा १०८ पिपलका विरुवा रोपण गर्नुभएको छ । स्व. श्यामबहादुर उच्चैको सम्झनामा उहाँका श्रीमती इका कुमारी उच्चै तथा छोराछोरीहरुले मन्दिर परिसरमा १०८ पिपलको विरुवा रोपण गर्नुभएको हो । २०६२ साल असार १८ गते १०८ पिपल रोपण अभियानकै क्रममा आफ्नो बुवाको स्वर्गारोहण भएको भन्दै बुवाको सपना पनि भएको र प्रसिद्ध छाँयाक्षेत्र मन्दिरको महिमालाई थप उजागर गर्ने उद्देश्यले १०८ पिपल रोपण गरिएको छोरी सुनिता उच्चै ठकुरीले जानकारी दिनुभयो । 
मन्दिर परिसरमै रोपण गर्नका लागी ५ ओटा पिपलको विरुवा लिएर आउँदै गर्दा आँधीखोला तर्ने क्रममा स्व. श्यामबहादुरको २०६२ सालमा निधन भएको थियो । विषेश आफ्नो बुवाको सपना पुरा गर्दै  शनिबार ब्रत बस्नेहरुका लागी एवं शनि त्रयोदशीका बेला १०८ पिपलको परिक्रमा गर्न, पुजा गर्न तथा जल अर्पण गर्न सहजताको लागी विरुवा रोपण गरिएको बताउनुभयो । 
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले स्व. उच्चै आफ्ना बुवाको परम मित्र समेत भएकाले स्व. बुवासंगै काम गर्ने अवसर मिलेको स्मरण गर्दै उहाँ निकै धार्मिक व्यक्तित्व भएको बताउनुभएको थियो । १०८ पिपल रोपणकै अभियानमा हरिबोधनी एकादशीका अवसरमा स्व. उच्चैको देहवसान भएको बताउँदै उहाँको परिवारले बुवाको सपना साकार पार्दै हिन्दु धर्मालम्बीहरुको लागी १०८ पिपल पुजा गर्ने वातावरण सृजना गर्नुभएको भन्दै अध्यक्ष श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...