समाचार
स्याङ्जा प्रहरीद्धारा अवैध सुर्तिजन्य पदार्थ खैनी बरामद
रेडियो आँधीखोला
वालिङ, १७ कार्तिक ।
स्याङ्जा प्रहरीले अवैध रुपमा ओसारपसार गरेको सुर्तिजन्य पदार्थ खैनी बरामद गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं १ स्थित सिद्धार्थ राजमार्गमा अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा अवैध सुर्तिजन्य पदार्थ खैनी बरामद गरेको हो ।
कार्तिक १५ गते राति करिब १ः३० बजेको समयमा बुटवलबाट बागलुङ जाँदै गरेको ग १ क ५३८६ नं को ट्रकमा २ लाख ७३ हजार बराबारको बिज्ली स्प्रिट टोब्याको १६ कार्टुन खैनी सुर्तिजन्य पदार्थ फेला पारी बरामद गरीएको सुचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिनुभयो । उक्त ट्रकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी आइतबार भैरहवा भन्सार कार्यालय वेलहीया रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।