समाचार
उत्तरगण्डकीमा भएको वक्तृत्वकला प्रतियोगितामा पर्वतका पौडेल प्रथम
रेडियो आँधीखोला
वालिङ, १८ कार्तिक ।
उत्तरगण्डकी महामेला, दामोदर धर्मोत्सवमा आयोजित रास्ट्रव्यापि खुला वक्तृत्वकला प्रतियोगितामा पर्वत मोदीका सुवास पौडेल प्रथम हुनुभएको छ । पशुपति माध्यमिक विद्यालय मोदी ७ पर्वतमा अध्यनरत पौडेलले प्रथम स्थान हासिल गर्नुभएको हो ।
त्यस्तै कालीगण्डकी गुरुकुलम रम्भा– १ पाल्पाका राघव बस्याल द्धितिय, कपिलवस्तु विद्यामन्दिर वाणगङ्गा कपिलवस्तुका श्रद्धा घिमिरे तृतिय र परमानन्द स्मृति वैदिक विद्या मन्दिरका श्रीकृष्ण न्यौपाने, भू पू सैनिक राइजिङ आवासीय मावि रामपुर पाल्पाका डिप्लब सेन, काजीमान हरिटीका मा वि, पुतलीबजारका रितिका केसी, चिराग आवासीय मा वि गल्याङका प्रकृति पाण्डे, सरस्वती मा वि वालिङ १३ उदियाचौरका शंकर न्यौपाने सान्त्वना भएका छन् भने जगन्नाथ मावि सुनवल १२, भुमही नवलपरासीकी प्रशंसा महतोले प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको छ । प्रतियोगितामा ६५ जनाले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा प्रथम हुनेले ३१ हजार, द्वितीयले २१ हजार, तृतीयले ११ हजार तथा सान्त्वना पाँच जनाले जनही ५ हजार १०० र प्रमाणपत्र प्राप्त गरेका छन् । भोली १९ गतेसम्म संचालन हुने धर्मोत्सवमा भारतका भक्तजनहरुले समेत धर्मोत्सवको अवलोकन गरेका छन् भने हरेक दिन भक्तजनहरुको उत्साजनक सहभागिता रहेको छ ।