अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

जापान सरकारद्वारा वालिङसहित देशभरका १२ स्थानीय तहलाई अत्याधुनिक दमकल सहयोग

news

 
रेडियो आँधीखोला
वालिङ, १९ कार्तिक । 
नेपालमा आगलागी नियन्त्रण, उद्धार कार्य र आपतकालीन सेवा सुदृढीकरणका लागि जापान सरकारले स्याङजाको वालिङ नगरपालिका सहित देशभरका १२ वटा स्थानीय तहलाई अत्याधुनिक दमकल (फायर ट्रक) हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्यको यी दमकलहरू अत्याधुनिक उपकरणसहितका छन्, जसमा पानी र रासायनिक दुवै पदार्थ प्रयोग गर्न सकिने सुविधा रहेको छ। यो सहयोग जापान सरकारको “ग्रान्टअसिस्टेन्स फर ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट (न्न्ए)” कार्यक्रम अन्तर्गत प्रदान गरिएको हो।
परियोजनाको कार्यान्वयन भोलिन्टियर कर्भस नेपाल र युनाइटेड मिसन टु नेपाल नामक दुई गैर–सरकारी संस्थामार्फत गरिएको हो । दमकल हस्तान्तरणको कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं. १९ हेडक्वाटरमा गरिएको थिया े।
भोलिन्टियर कर्भस नेपालका अध्यक्ष दीपक चापागाईकका अनुसार, जापान सरकारको यस सहयोगले नेपालमा आपतकालीन सेवाको स्तरमा गुणात्मक सुधार ल्याउनेछ । उहाँका अनुसार, प्रदान गरिएको दमकलमा पानीका साथै रासायनिक पदार्थ प्रयोग गर्न सकिने भएकाले ठूला उद्योग, पेट्रोलपम्प, बजार क्षेत्र र आवासीय क्षेत्रमा हुने आगलागी नियन्त्रणमा यो निकै प्रभावकारी हुनेछ।
वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले जापान सरकार र परियोजना साझेदार संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “यो दमकल केवलवालिङ नगरभित्र सीमित हुने छैन। हामी यसलाई छिमेकी गाउँपालिका र जिल्लामा समेत आवश्यक परेमा परिचालन गर्नेछौं।” उहाँका अनुसार, हाल वालिङ नगरपालिकामा वार्षिक रूपमा दर्जनौ आगलागीका घटना हुने गर्छन्। तीमध्ये धेरै घटनामा स्थानीय स्रोत र सहयोगको भरमा मात्र आगो नियन्त्रण गर्नुपर्दै आएको थियो ।
वालिङ नगरपालिकाले प्राप्त गरेको दमकलले आपतकालीन सेवामा ठूलो सहजता ल्याउने अपेक्षा गरिएको छ । विशेषगरी बजार क्षेत्र, विद्यालय, पेट्रोलपम्प, तथा बस्ती नजिक रहेका क्षेत्रमा आगलागी नियन्त्रणमा यो उपकरणले प्रभावकारी भूमिका खेल्नेछ ।
स्याङजा जिल्लामा गत आव मा मात्रै ३१ वटा आगलागीको घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । १ जनाको ज्यान गएको छ भने एक करोड तिन लाख बराबरको आर्थिक क्षति भएको प्रहरी नायव उपरिक्षक प्रसन्न राज चौधरीले बताउनुभयो ।
वालिङ १४ का स्थानीय बासिन्दा मोहन खनाल  भन्नुहुन्छ, “अत्याधुनिक दमकलले बजार क्षेत्रको ठूला आगलागी नियन्त्रणले धनजनको मात्रै होईन मानविय क्षति पनि निराकरण गर्ने विश्वास लिएका छौँ ।” वालिङ नगरपालिकाले दमकल हस्तान्तरणसँगै आगलागी रोकथाम र सुरक्षित व्यवहारसम्बन्धी जनचेतना अभियान सञ्चालन गर्ने तयारी गरेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...