समाचार
फरार प्रतिवादी पक्राउ
रेडियो आँधीखोला
वालिङ, २१ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार प्रतिवादी पक्राउ अभियानलाई तिव्र पारेको छ । पछिल्लो समय फरार प्रतिवादी पक्राउ अभियानमा कडाका साथ अगाडि बढेको प्रहरीले वर्षौँदेखि फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको छ । प्रहरीले ३० वर्षपछि फारार एक व्यक्तिलाई पक्राउ गरेको छ । २०५२÷१२÷०८ गते साविक वरष्टे गा.वि.स. १ हाल विरूवा ४ भएको कुटपिट घटनाको सम्बन्धमा २०५४ सालमा अदालतबाट फैसला भई फरार व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा साविक वरष्टे १ हाल विरूवा ४ घर भई हाल जिल्ला नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका वडा नम्बर–०५ बस्ने वर्ष ७४ को थम प्रसाद पोख्रेल पक्राउ परेका हुन् ।
साथै कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका पोख्रेल परिवारसँगै लुकिछिपी बस्दै आउनुभएकोमा विशेष अप्रेसन टोलीले पक्राउ गरी कैद तथा जरिवाना भुक्तान लागि जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान भएको छ । त्यस्तै प्रहरीले ३ जना फरार कैदीको लगत कट्टा गरी १ जनालाई पक्राउ गरी कारागार चलान गरेको छ । अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त दुरुस्त रा प्रभावकारी बनाई न्यायिक कारबाहीलाई पुर्णता दिई सुरक्षित र न्यायपुर्ण समाज निर्माणको लागी प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई तिव्र पारेको हो ।
वडा प्रहरी कार्यालय वालिङ र इलाका प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले फरार रहेका ४ जना भने ३ जनाको लगत कट्टा गरी १ जनालाई कैद भुक्तानको लागी कारागार पठाएको हो । साविक रत्नपुर ८ हाल चापाकोट ८ दामाचौर घर भई हाल नवलपरासी बस्ने गणेशबहादुर कुमाल, साविक सिर्सिकोट गाविस हाल वालिङ १२ बस्ने डिलबहादुर गुरुङ भन्ने हरिबहादुर गुरुङ र साविक खिलुङ देउराली ६ हाल भीरकोट ७ का दलबहादुर गोदारको लगत कट्टा गरिएको छ । कुमाल कर्तव्य ज्यान मुद्धामा जन्म कैद, गुरुङ डाँका कसुरमा ६ वर्ष कैद, गोदार कर्तव्य ज्यान मुद्धामा जन्म कैदको सजाँय थियो । त्यस्तै साविक राङभाङ गाविस वडा नं. ५ हाल भीरकोट नगरपालिका वडा नं. २ का इबबहादुर राना भने नकजबाजी चोरी मुद्धाका सजाय भुक्तानका व्यक्ति हुन् ।