अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

स्वास्थ्य मूल्याङ्कनमा अर्जुनचौपारी–२ जिल्लामै पहिलो

news

 
वालिङ, २२ कार्तिक । 
आर्थिक वर्ष २०८१÷०८२ को स्वास्थ्य मूल्याङ्कनमा अर्जुनचौपारी गाउँपालिका –२ जिल्लामै पहिलो बनेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले सार्वजनिक गरेको मूल्याङ्कनमा अर्जुनचौपारी स्वास्थ्य चौकी ९०.४ अङ्कसहित पहिलो बनेको हो । मूल्याङ्कनमा जिल्लाका ९७ वडामध्ये ८९.८ अङ्कसहित बिरुवा गाउँपालिका –१ को बिरुवा स्वास्थ्य चौकी दोस्रो र भीरकोट नगरपालिका –६ खिलुङ देउराली स्वास्थ्य चौकी ८९.५ अङ्कसहित तेस्रो बनेको कार्यालय प्रमुख जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईले बताउनुभयो ।
स्वास्थ्य सूचकका अनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने संस्थाहरूलाई जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षामासहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सम्मान–पत्र प्रदान गर्नु भएको हो । समुदायमै पुगेर सेवा विस्तार र गुणस्तर अभिवृद्धिको लक्ष्य तय गरेको जनस्वास्थ्य कार्यालयले हरेक वर्ष विभिन्न सूचकका आधारमा स्थानीय तहको स्वास्थ्य गतिविधि मूल्यांकन गर्दै आएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...