अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

बेमौसमी झरीले गरेको क्षतिको राहत दिन नेपाली कांगे्रस भीरकोटको माग

news

 
रेडियो आँधीखोला 
वालिङ, २४ कार्तिक । 
बेमौसमी झरीका कारण किसानको धानबालीमा क्षति गरेको भन्दै किसानलाई राहत दिन नेपाली कांगे्रस भीरकोट नगरसमितिले माग गरेको छ । नेपाली कांगे्रसका भीरकोट नगरसभापति यामप्रसाद अधिकारीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा कटानीको तयारीमा रहेका तथा काटेका धान खेतमै डुबानमा परेको र धेरै ठाउँमा धान खेतमै कुहिएर नष्ट भएको भन्दै किसानको पिडालाई सम्बोधन गर्न माग गरिएको छ । 
कृषि नै प्रमुख जीपिकोपार्जनको माध्यम भएकाले क्षतिको यथार्थ विवरण संकलन गरी राहत, क्षतिपुर्ति तथा आगामी दिनहरुमा पुनस्थापना योजना ल्याउन माग गरिएको छ त्यस्तै क्षति मूल्यांकलन टोली गठन गरि प्रत्येक वडामा वास्तविक तथ्यांक संकलन गर्न तत्कालिन राहतको व्यवस्था गर्न, कृषि पुस्थापनाका लागी कोष स्थापना गरी आगामी खेतिका लागी अनुदान प्राविधिक सहयोग प्रदान गर्न, बेमौसमि वर्षाबाट हुने क्षति न्युनिकरणका लागी दीर्घकालिन कृषि बिमा र सिंचाई सुधारका योजना कार्यान्वयन गर्न नगरपालिकालाई अनुरोध समेत गरिएको छ । 
नगरपालिकाले किसानको पिडा बुझ्ने र सीघ्र राहतका कार्यक्रम ल्याउने अपेक्षा गर्दै नागरिकको पक्षमा रहँदै राहत र पुर्नस्थापनाका लागी नगरसमितिले सहकार्य गर्ने नगर सभापति अधिकारीले बताउनुभयो । आईतबार नगरसभापति अधिकारीले नगरप्रमुख गोविन्दकुमार कर्माचार्यलाई उक्त मागपत्र हस्तान्तरण गर्नुभएको हो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...