अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

किसानलाई गहुँको बिउ अनुदानमा वितरण

news

 
रेडियो आँधीखोला 
वालिङ, २४ कार्तिक । 
अकला नमुना साना किसान कृषि सहकारी संस्था वालिङले किसानहरुलाई अनुदानमा गहुँको बिउ वितरण शुरु गरेको छ । सहकारीको समुहमा आवद्ध किसानहरुलाई ७५ प्रतिशत अनुदानमा गहुको बिउ वितरण गरेको हो । 
सहकारीको ३५५ समूहमा २ हजार ५४५ जना सेयर सदस्य आवद्ध छन् । कृषि ज्ञान केन्द्र स्याङ्जाको सहयोगमा सहकारीले स्वर्गद्धारी र गौतम जातको गहुँको बिउ वितरण शुरु गरेको सहकारीका प्रबन्धक लक्ष्मी पोख्रेलले जानकारी दिनुभयो । ५ रोपनी भन्दा धेरै क्षेत्रफलमा गहुँ खेति गर्ने किसानका लागी १८ किलोदेखि २५ किलोसम्म गहुँको बिउ वितरण गरिएको छ । 
बजार मुल्य प्रतिकेजी ८५ रुपैँया पर्ने गहुँको बिउ सहकारीले यातायत र लोडअनोड खर्च समेत जोडेर ३० रुपैँया प्रति किलोमा किसानलाई वितरण गर्दै आएको छ । वालिङका १४ वटै वडा र गल्याङ २, ३, ७ र ८ नंम्बर वडा कार्यक्षेत्र रहेको सहकारीले धान, मकै, गहुँ, सिजनल तकारीका विउविजन समेत किसानहरुलाई वितरण गर्दै आएको प्रबन्धक पोख्रेलले बताउनुभयो । 
आईतबार सम्म ७२ जना किसानले गहुँको बिउ लगिसकेका छन् । सहकारीले डेरि समेत संचालन गेर दुध तथा दुग्धजन्य पदार्थको विक्रि वितरण समेत गर्दै आएको छ भने छुर्पि विदेश निर्यात गर्दै आएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...