अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

प्रहरी कार्यालय स्याङ्जामा ६ महिनाको अवधिमा १३३ मुद्धा दर्ता

news

 
रेडियो आँधीखोला 
वालिङ, २४ कार्तिक । 
जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ६ महिनाको अवधिमा १३३ मुद्धा दर्ता भएको छ । अघिल्लो आर्थिक २०८१÷०८२ को जेठ असार र चालु आर्थिक बर्षको ४ महिनागरी ६ महिनामा १३३ मुद्धा प्रहरी कार्यालयमा दर्ता भएको हो । 
स्याङ्जा प्रहरी प्रमुख दधिराम न्यौपानेका अनुसार १३३ मुद्धा मध्ये ५५ वटा फस्र्योट भई ७८ वटा कार्यान्वयनका चरणमा रहेका छन् । जेठ र असारमा ६१ मुद्धा दर्ता भएका थिए भने चालु आवको ४ महिनामा ७१ मुद्धा दर्ता भएका छन् ।
सोही अवधिमा १ सय २८ जना फरार प्रतिवादी पक्राउ परेकोमा तिनीहरुबाट २ करोड २४ लाख ३ हजार ८९२ रुपैंया जरिवाना सहित १ सय १० बर्ष ९ महिना ९ दिनको कैद सजाए भोग्नुपर्ने जानकारी न्यौपानेले दिनुभयो । पक्राउ पर्नेमा ९६ पुरुष र ३२ जना महिला छन् । अदालतबाट ४ सय ८५ जना फरार प्रतिवादीका नाम प्राप्त भएको र ती मध्ये २६ प्रतिशतमा सफलता पाएको प्रहरी उपरीक्षक न्यौपानेले बताउनुभयो । 
प्रहरीले लामो समयसम्म लुकिछिपी बसेका फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियानलाई पनि निरन्तरता दिदै आएको छ । 
यसैगरी, पछिल्लो ६ महिनामा ३९ वटा आत्महत्याका घटना भएको र ती मध्ये १३ महिला र २६ पुरुष रहेका छन । अघिल्लो दुई महिनामा १३ र चार महिनामा २६ जनाले आत्महत्या गरेका छन् ।
नदीजन्य पदार्थको अवैध उत्खनन गर्ने ४७ वटा सवारी साधान नियन्त्रणमा लिई ७ लाख २९ हजार ७३२ रुपैढा राजश्व संकलन गरिएको छ । अवैध ओसार पसार गरिएका खाद्य, कस्मेटिक, लत्ताकपडा, पटका लगायतबाट ४५ लाख ८४ हजार ९४७ संकलन गरिएको छ । अवैध लागु औषधमा ८ वटा मुद्धा दर्ता भएका छन भने १३ जना ब्यक्ति प्रक्राउ परेका छन् ।
यसैगरी, प्रहरीले ६ महिनामा जिल्लाभित्रका बिभिन्न क्षेत्रका ३३२ रोपनी क्षेत्रफलमा गरि ६६ हजार ४१३ वटा गाजाका बोट काटेको जनाएको छ । ट्राफिक कारवाहीबाट ५१ लाख १८ हजार ५ सय राजश्व संकलन भएको छ । 
६० जना मानिस हराउदा ४१ जना फेला परेको र १९ जनाको अवस्था अज्ञात रहेको बताइएको छ । सो अवधिकमा ६ हजार ८६४ सवारी साधान कारवाहीमा परेको छ । ३२ सवारी दुर्घटना भएको र ५ जनाको मृत्यु र १० जना घाईते भएका छन । समुदाय प्रहरी साझेदारी कार्यक्रम, ग्रामिण गस्ती, बिभिन्न स्थानीय पालिकाको अनुगमन समेत प्रहरीले गरेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...