अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

 
रेडियो आँधीखोला
वालिङ, २६ कार्तिक । 
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका बिभिन्न वडा अन्र्तगतका बिद्यालयमा गठित चेन्ज मेकर क्लबहरुले संयुक्त रुपमा सरसफाई एवं ब्यवहारिक सीप सिकाई आदानप्रदान गरेका छन । गाउँपालिका अन्र्तगत रहेका ६ वटा वडामा रहेका ६ माध्यमिक, २ आधारभूत र एक सामुदायिक संस्थागत माध्यमिक विद्यालयमा रहेका क्लबहरूले एकैदिन बिबिध कार्यहरु गरेका हुन ।
बिद्यालयमा गठित क्लबहरुले आ–आफ्ना विद्यालय, ब्यक्तिगत तथा सार्वजनिक स्थलको सरसफाई सहित सामाजिक गतिविधि सञ्चालन गरेका हुन । स—साना भाइबहिनीलाई ब्यक्तिगत सरसफाईका बारेमा सिकाएका छन्। ब्यवारिह ज्ञानका बारेमा सुझाएका छन । अध्ययनका साथसाथै बिद्यालय तहदेखि नै बालबालिकालाई ब्यवहारिक ज्ञान र सीपको आवश्यक पर्ने जनाउदै सामाजि उत्तरदायित्व, सामुदायिक सहयोग, व्यवहारिक सीप विकासमा प्रेरणा जगाउन र आफनो माटोको माया गर्न सिकाउन यस्ता अभियान संचालन गरिदै आएको अर्जुनचौपारी गाउँपालिकाले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...