समाचार
अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने सवारी नियन्त्रणमा
रेडियो आँधीखोला
वालिङ, २७ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन तथा ओसार–पसार गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले दुई ट्याक्टरलाई ढुङ्गा तथा गिट्टी ओसार–पसार गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारवाहीको लागि पुतलीबजार नगरपालिकाको कार्यालय स्याङ्जामा पठाईएको प्रहरीले जनाएको छ ।
ग.१ त. ७०६३ र ग.१ त. ६४४० नम्बरको ट्याक्टरलाई कारबाहीको लागी नगरपालिकामा पठाईएको हो । ग १ त ७०६३ नम्बरको ट्याक्टरलाई पुतलीबजार ३ पुतलीखेत आँधिखोला नजिकै ढुंगा ओसारपसार गरेको अवस्थामा नियन्त्रणमा लिईएको हो भने अर्को थ १ त ६४४० नम्बरको ट्याक्टर पुतलीबजार १० बर्जा स्थित सिद्धार्थ राजमार्गमा गिट्टी सहित नियन्त्रणमा परेको हो ।